• Breaking News

    7.31.2014

    लाठी र इँटा उज्याउँदै गाउँलेले मन्त्री लखेटे

    काठमाडौँ, साउन १५

    नेपालसँग सीमा जोडिएको भारतीय जिल्ला बिहारका पशुमामिलामन्त्री विद्यानाथ सहनीलाई बुधबार समस्तिपुर जिल्लाको निकासपुरमा एउटा पेट्रोल पम्पको उद्घाटनका क्रममा गाउँलेले लखेटेका छन्।
    आक्रामक भएका गाउँलेले लाठी र इँटा बोकेर सहनीलाई आक्रमण गर्न खोज्दा उनी एउटा कलेजमा आश्रय लिन बाध्य भएका थिए। कलेजको जग्गामा पेट्रोल पम्प बनाउन दिएको भन्दै गाउँले मन्त्री सहनीमाथि आक्रामक भएका हुन्। उनीहरुले कलेजमा पार्क गरी राखेका केही ट्रयाक्टरसमेत जलाएका थिए।
    मन्त्री सहनीले भारतीय जनता पार्टीले आफूमाथि आक्रमण गराएको आरोप लगाएका छन्। पुलिसले मुस्किलसँग मन्त्री सहनीलाई गाउँबाट बाहिर भगाएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र