कैलाली, साउन ७
बलात्कार आरोपमा पक्राउ परेका चार मध्ये दुई जनाले एघार वर्षीया नाबालिकालाई पालैपालो बलात्कार गरेको खुलासा भएको छ।
दोदोधरा गाविसमा अघिल्लो आइतबार नाबालिका विसना (नाम परिवर्तन) लाई आफूहरुले पालैपालो बलात्कार गरेको पक्राउ परेका मध्ये २ जनाले स्वीकारेको प्रहरीले बताएको छ।
प्रहरी नियन्त्रणमा रहेका सोही ठाउँका २२ वर्षका चक्र ओली र ३७ वर्षका प्रकाश गौतमले बलात्कार गरेको स्वीकारेको कैलालीका प्रहरी उपरिक्षक मोहनराज जोशीले जानकारी दिएका छन्।
उनीहरुले प्रहरीसँगको बयानका क्रममा मदिरा सेवन गरेपछि आफूहरुले पालैपालो बलात्कार गरेको स्वीकारेका छन्। उनीहरुले मदिराको नशामा आफूहरुले नाबालिकाकी आमालाई बलात्कार गर्ने योजना सहित घर भित्र प्रवेश गरेको बताएको प्रहरीले जानकारी दिएको छ।
'मदिरा सेवन गरेपछि दुवै जना आमालाई टार्गेट गरेर गएका थिए' प्रहरीले युवाद्वयको बयान उद्दत गर्दै भनेको छ–'आमा नभेटेपछि छोरीलाई बलात्कार गरे।'
नाबालिकाकी आमा छिमेकीको विवाहमा सहभागी हुन गएकी थिईन। सो बेलामा बलात्कृत नाबालिकाका साथै उनका ५ वर्ष र ९ बर्षका दुई वहिनी मात्रै कोठामा थिए।
विसना सहित तीन बालिका भुईमा मस्त निद्रामा सुतिरहेका थिए। ढोका खोलेर कोठा भित्र पसेका चक्र र प्रकाशले विसनालाई सुतेकै अवस्थामा भुईवाट उठाएर खटियामा राखे।
'प्रकाशले मुख च्याप्यो र शुरुमा चक्रले बलात्कार गर्यो। रगतले बेड भिजेकाले त्यसपछि अर्को ठाउँमा राखेर प्रकाशले बलात्कार गर्यो' अनुसन्धानमा खटिएका एक प्रहरीले युवकको बयानलाई उद्दत गर्दै भनेका छन्।
बालिकाले भने दुई जनाले बलात्कार गरेको सम्म पत्तो पाइनन्। मुख च्यापेर लामो समय एक जनाले बलात्कार गरेको बालिकाले बयान दिएकी थिइन्।
बलात्कार गरिसकेपछि कसैले पत्तो नपाउन भनेर चक्र फेरि कोठा भित्र भात खाने बहानामा गयो।
भात थालमा राखेर देउ भनेपछि विसनाले सक्तिन भनेकी थिइन्। आफै भात राखेर खाएको चक्रले नै नाबालिका माथि घटना घटेको पहिलो खबर उसकी आमा कहाँ चक्रले नै पुर्याएको थियो। चक्र पीडित नाबालिकाका आफन्त समेत रहेको प्रहरीले बताएको छ।
'घटना लगत्तै चक्र आएर भात खायो। मलाई के भो भनेर सोधेको थियो' उनले बताइन्।
चक्रले नै छोरीको बलात्कार भएको खबर दिएको विसनाकी आमाले बताइन्। चक्र आफन्त नाता पर्ने भएकाले कहिले काही घरमा आइराख्ने गरेको उनले बताइन्।
दुई युवकको लिङ्गमा घाउ समेत भएको प्रहरीले बताएको छ। सामुहिक बलात्कारमा परेकी नाबालिका अत्याधिक रक्तश्राव पछि बेहोश भएकी थिइन्।
सेती अञ्चल अस्पतालमा करिब एक सातासम्म रगत चढाएर उपचार गरेपछि उनको स्वास्थ्य अवस्थामा सामान्य सुधार आएको छ। नाबालिका त्यो रातको त्रासदीपूर्ण घटनाका कारण घरमा जान डराइरहेकी छन।
चार जना विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
योगेश रावल
सेतोपाटी बाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment