भौगोलिक स्थिति राम्रो नभए पनी पहाड़ी राज्य सिक्किमको बिकासको बाताबरण निकै सह्रानिय छ । सिक्किमको राजधानी गान्तोक एक पहाड़ी शहर हो । जहां स्थानीय पार्टी डेमोक्रेटिक फ्रंटका अध्यक्ष पवन चामलिंग लगातार २० बर्ष देखि सत्ता चलाईरहेका छन । उनले सिक्किमको सत्ता हातमा लिए पश्चात बिकास निर्माणका काम अत्यधिक गरेका छन । जसका कारण त सिक्किमका जनताले बारम्बार चुनाबमा जिताउदै आइरहेका छन ।
स्थानीय उत्पादन द्वारा आर्थिक समृद्दीको नारा दिएका चामलिंगले बिकास निर्माणका उल्लेख्य काम गरेका छन । पछिल्लो समय सिक्किम जस्तो पहाड़ी राज्यमा ATR-72 बिमान ल्यांड गर्न मिल्ने बिमानस्थलको निर्माण ८० प्रतिशत सकिएको नागरिक उड्डयन मन्त्रालयका स्थानीय राज्य मन्त्रीले जानकारी दिएका छन ।बिमानस्थल प्येकोंग भन्ने ठाऊँमा बनाइदै छ । भिरालो परेको उत्तरी पश्चिमी इलाकामा निर्माणाधिन सिक्किम बिमानस्थल भीर लाई फोडेर बनाईदै छ रे ।
पहाड बाट प्रकाशित हुने दार्जिलिंग टाइम्सका अनुसार भिडियो स्केच समेत सार्बजनिक गरिएको छ । ५० महिना पहिला सकिनु पर्ने करीब ३०९.४६ करोड़ भारतीय रूपयाको लागतमा निर्माणाधिन बिमानस्थल बन्द,हड़ताल,भूकम्प र बिभिन्न मुआबजाका समस्याले ढीला भएको जनाइएको छ ।
स्मरणीय रहोस सिक्किममा ९५ प्रतिशत नेपाली भाषीको बाहुल्यता भएको राज्य हो | भारतकै सबै भन्दा उच्च आर्थिक बृद्दीदर भएको राज्य सिक्किममा रेल सेवा भने पुगेको छैन |
नेपालमा पनि पछिल्लो समय भ्याली बाहिर अन्तराष्ट्रीय बिमानस्थल निर्माणमा भौगोलिक स्थिति र मौसमलाई चुनौती मान्नेहरुका निम्ति धेरै हल्ला नगरी कनै भारतले सिक्किम जस्तो पहाडी इलाकामा बिमानस्थल निर्माण सम्भब बनाउनु लाई शिक्षाका रुपमा लिन सकिन्छ ।
नेपालजापानबाट
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment