त्यसैले पहिले–स्वास्थ्य केन्द्रहरु तथा बजारमा गोप्य रुपमा लिने गरिएपनि सवैको सुविधाको लागि कण्डम तथा सेक्सटोयहरु विक्री गर्ने छुट्टै पसलहरु नै खुल्न थालेका छन् । कण्डम व्यवसाय कस्तो व्यवसाय हो त, राजधानीको सुनधारामा अवस्थित कण्डम हाउसका सञ्चालक योगेश न्यौपाने भन्छन्– ‘मानवको सबैभन्दा आधारभुत आवश्यकता यौन हो । यसलाई सहि रुपमा व्यवस्थित गर्न जान्दा जीवन गुणस्तरीय बन्छ, ब्वस्थित गर्न नजान्दा जीवन बर्बाद हुन्छ ।’ उनी यौन चाहनालाई सहि रुपमा व्यवस्थित गर्न र अनिइच्छुक गर्भधारण रोक्न तथा विभिन्न रोगको संक्रमणबाट बच्नको लागि कण्डमको आवश्यकता पर्ने भएकोले नै सोही आवश्यकतालाई मध्यनजर गरेर यो व्यवसाय शुरु गरेको बताउँछन् । मानिसहरुमा सेक्सकोवारेमा कुरा गर्नलाई हिच्किचाहट अहिले पनि छ । पहिले यो व्यवसाय शुरु गर्दा पनि मानिसहरु खुलेर कुरा गर्न नसक्ने तथा लजाउने अवस्था थियो, न्यौपाने भन्छन्–‘यद्यपी पहिलेको तुलनामा अहिलेको अवस्था अलिकति फरक हुँदै गएको छ ।’
खासगरि कण्डमहरु बिभिन्न बहुराष्ट्रिय कम्पनीले नै उत्पादन गर्दै आएका छन् । कण्डमको उत्पादन नेपालमा अहिले सम्म पनि हुन सकेको छैन । नेपालमा धेरै समयअघिदेखि सीआरएस कम्पनीले कण्डमको विक्रीवितरण गर्दै आएको छ । सीआरएस पनि बहुराष्ट्रिय कम्पनीको आधिकारिक बिक्रेता हो । सीआरएस मात्र नभई पछिल्लो समय अन्य विभिन्न बहुराष्ट्रिय कम्पनीहरुले नेपालमा विभिन्न किसिमका कण्डमहरु भित्र्याईरहेका छन् । नेपालमा चीन, जापान, कोरिया, थाइल्याण्ड, मलेसिया, भारत लगायतका देशहरुबाट कण्डम आउने गरेको छ । सेक्स टोयहरु भने विशेष गरि चीन र थाइल्याण्डबाट आउने कण्डम हाउसका सञ्चालक न्यौपाने बताउँछन् ।
सेक्सको लागि कण्डम कत्तिको जोखिम मुक्त छ ?
कण्डमको प्रयोग अत्याधिक मात्रामा हुने भए पनि यसको प्रयोग पनि उत्तिकै जोखिमयुक्त पनि छ । कण्डम प्रयोग गर्ने तरिकामा भर पर्दछ । सवै भन्दा पहिले कण्डम के हो र यसका फाइदा बेफाइदा के–के छन भनेर जान्न आवश्यक छ । कण्डम प्रयोगको बारेमा स्वास्थ्य संस्थाहरुबाट परामर्श लिने प्रचलन यसअघि हुँदै आएकोमा हिजोआज कण्डममात्र विक्री गर्ने त्यस्ता पससहरुले समेत कण्डम प्रयोग गर्ने तरिकाहरु सिकाउँने गर्दछन् । पुरुष कण्डमबारेमा धेरै मानिसहरु जानकार भएपनि महिलाले प्रयोग गर्ने कण्डमबारेमा ज्ञानको कमीका कारण केही अन्यौलहरु पनि रहेका छन् । कण्डम सहिरुपमा प्रयोग गर्नको लागि त्यसको थिकनेस (मोटाई), कुन पदार्थबाट बनेको हो र त्यसमा भएको चिल्लो पदार्थकाबारेमा जानकारी हुनुपर्ने कण्डम हाउसका सञ्चालक न्यौपाने बताउँछन् ।
कण्डम एकदेखि आठ सय रुपैंयाँ सम्म
कण्डम भन्ने वित्तिकै मान्छेले एक पटक प्रयोग गर्ने मात्र ठान्दछन् । तर कण्डम एकपटक मात्रै प्रयोग गर्ने मात्र नभई एउटै कण्डम धेरै पटक सम्म प्रयोग गर्न सकिने पनि पाइन्छ । एक रुपैंयादेखि आठ सय पचास रुपैंयाँ सम्मका कण्डमहरु आफूले विक्री वितरण गर्दै आएका सञ्चालक न्यौपाने बताउँछन् । साधारणतया एक रुपैयादेखि एक सय पचास रुपैंया सम्म पर्ने कण्डमहरुको विक्री अत्याधिक हुने गरेको सञ्चालक न्यौपाने बताउँछन् । धेरै पटक सम्म प्रयोग गर्न मिल्ने कण्डम भने ६ सयदेखि ८ सय ५० रुपैंया सम्म पर्ने उनी बताउँछन् ।
साधारण कण्डम भन्दा अर्को खालको कण्डमको थिकनेस अलि बढी हुन्छ । यो सिलिकनले बनेको हुँदा शिघ्र स्खलनमा ढिलाई गर्ने खालको हुन्छ ।
महंगो कण्डम किन्नेमा कलाकारदेखि नेता सम्म
कण्डम यौन सन्तुष्टि, सुरक्षाको लागि प्रयोग गर्ने कुरा हो । त्यसका लागि विशेष कण्डम पनि छन्, जुन यौन सन्तुष्टी र सुरक्षा दुबै हिसाबले राम्रा हुन्छन् । आर्थिक हिसाबले पनि ती अलि महंगो नै हुन्छ । यस हिसावले यौन सन्तुष्टिको लागि धेरै खर्च गर्ने पनि छन् । खासगरि ठूला घरानाका उद्योगी ब्यवसायीहरु महंगा खालका कण्डोमहरु प्रयोग गर्छन् । तर महंगो कण्डम प्रयोग गर्नेमा ठूला उद्योगी–ब्यवसायी मात्र होइन, कलाकार र नेताहरु पनि पर्दछन् । आफ्नो पसलमा महंगो किसिमको कण्डम तथा सेक्स टोयहरु किन्न नेता–कलाकारहरु पनि आउने कण्डम हाउसका सञ्चालक न्यौपाने बताउँछन् । यौन सबैलाई आवश्यक पर्ने कुरा भएकाले यसमा खास कुनै वर्ग भन्ने चाँही नहुँने उनको तर्क छ ।
कृत्रिम यौनाङ्गहरुको मूल्य
कृत्रिम यौनाङ्गहरुमा पुरुष र महिला दुवैका पर्छन् । विशेषगरि महिलाको लागि पुरुषको पेनिस र पुरुषको लागि महिलाको भेजिना आवश्यक हुन्छ । पुरुषले प्रयोग गर्ने सेक्स टोयमा २५ सयदेखि २५ हजार सम्मका छन् । त्यसैगरि महिलाले प्रयोग गर्ने लिङ्ग २५ सयदेखि ७५ सय रुपैंयाँ सम्मका छन् ।
खासगरि व्यस्त मानिसहरुका परिवारहरुबीच लामो समय सम्म यौन सम्पर्क हुन पाउँदैन भने लामो समय विदेश गएर बस्नेहरुका श्रीमानश्रीमति पनि यौन समागमबाट टाढा हुन्छन् । त्यसैले त्यस्ता मानिसहरुले सेक्स टोयहरुको प्रयोग गर्ने गर्दछन् । नेपालमा बैदेशिक रोजगारका लागि अधिकांश नेपालीहरु विदेशिनुपर्ने बाध्यता छ । यसले गर्दा परिवारबीच लामो समय भेट हुँदैन । लामो समय एकल बस्नु पर्दा मानिसले अनैतिक सम्बन्ध राख्ने पनि हुन्छन्, त्यसको लागि यस्ता सेक्स टोयको प्रयोगले अनैतिक सम्बन्ध राख्नबाट बचाउँने यौनस्वाथ्य सम्बन्धका चिकित्सकहरु बताउँछन् । समाजमा त्यही अनैतिक सम्बन्ध कायम नहोस् भन्नको लागि नै यी सेक्स टोयहरुको उत्पादन भएको हो, कण्डम हाउसका सञ्चालक न्यौपाने भन्छन्– ‘यसको सहि रुपमा प्रयोग गर्दा यसले कुनै नकारात्मक असर पर्छ जस्तो लाग्दैन् ।’
(प्रस्तुति : रामकुमार डिसी)
बिजनेससंसार बाट
No comments:
Post a Comment