• Breaking News

    7.20.2014

    अमेरिकी डीभीले खोस्यो सविताको खुसी

    काठमाडौं,साउन५–अमेरिकाको डिभी धेरैका लागि गजवको सपना हो । चाहेर मात्र हुँदैन, संयोगले जुर्छ यो अवसर । तर सिद्धार्थनगर ७ की ४१ वर्षीया सविता आर्चायको सबै खुसी भने डीभीले नै छिनेको छ । डीभी नपर्दा पनि सवितालाइ केहि कमी थिएन । २०५१ सालमा नवलपरासीको सुक्रोली गाविस ८ निवासी विश्वनाथ शर्मासग वैवाहिक सम्बन्ध सुरु गरेकी सविताको जीवन रमाइलोसँग वितेको थियो ।
    बिवाह भएको २ वर्षपछि छोरा जन्मियो । त्यसपछि उनको परिवारमा खुसी थपियो । विवाहपछि सविताको परिवारले उनका नाममा घरजग्गा समेत किनिदिएको थियो । २०६३ सालमा सवितार्ला डीभी पर्यो । त्यसपछि उनको परिवारमा खुसी झनै थपियो ।
    डीभी परेपछि उनी पतिसँगै अमेरिका त पुगिन् तर उनका पति विश्वनाथले सवितालाई अमेरिकी रहनसहनअनुसार चल्न नसकेको भन्दै यातना दिन थाले । सविताकी आमा लोचना आर्चाय भन्छिन्,ुअमेरिका पुगेको एक वर्षपछि पागल भएको भन्दै विश्वनाथले सवितालाई माइतीपक्षलाई जानकारी नदिई काठमाडौं सुन्दरीजलमा रहेको सुधार गृहमा छाडेर अमेरिका फर्केका थिए ।’
    यता माइती पक्ष भने छोरी अमेरिकामै रमाएकी होली भन्दै खबरको आसमा बसे । पछि छोरी काठमाडौं रहेको थाहा पाएपछि माइती पक्षले उद्धार गरेर उनलाई भैरहवा लगेको थियो ।
    ‘छोरी घरमा आउँदा उनको अवस्था खराब थियो। मानसिक रूपमा उनी विक्षिप्त थिइन्’, बुबा कृष्णप्रसाद आचार्यले भने।भैरहवा जनकपथमा बस्दै आएकी सविताको उपचार तथा हेरचाहको काम अहिले माइती पक्षबाट भइरहेको छ। कृष्णप्रसादका अनुसार विश्वनाथले सविताका नाममा रहेको घरजग्गा नेपालमा रहेका देवर रवीन्द्रनाथ शर्माका नाममा अधिकृत वारेसनामा गरिदिएका छन्।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

    भिडियो हेर्न तल  क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र