काठमाडौं,साउन४–एमाओवादीमा नेता बाबुराम भट्टराई आफैँ पाखा लाग्दैछन् कि पाखा लगाइँदैछ ? असार २६ गतेको कार्याक्रमपछि धेरैले यस्तै जिज्ञासा राख्न थालेका छन् । असार २६ गते एमाओवादीको सक्रियतामा संविधानसभाभित्र रहेका मधेशी दलहरुसँग गठबन्धन घोषणा हुँदै थियो ,२ बजे वल्र्ड ट्रेड सेन्टरमा । सात दलका नेता कार्यकर्ताको उपस्थिती बाक्लिदै थियो । शीर्षनेतालाई बस्ने कुर्सीको व्यवस्था गरिएको थियो अगाडिपट्टी । पार्टीका अध्यक्ष र बरिष्ठ नेतालाई मात्रै म१चमा बोलाउने गरी सात वटामात्रै कुर्सीको व्यवस्था थियो पहिला ।कार्यक्रमको स१चालन एमाओवादीका महासचिव कृष्णबहादुर महराले गरेका थिए । हो,यही बेला बाबुराममाथि किन यति धेरै अपहेलना भयो भन्ने प्रश्न उठ्न थाल्यो । सात दलका शीर्ष नेताका लागि कुसी छुट्याइएको थियो र महरा बोलाउँदै आसन ग्रहण गराउँदै थिए । त्यतिबेला बाबुराम म१च अगाडिको कार्यकर्ता बस्ने लहरको अगाडिपट्टी कुर्सीमा थिए । मञ्चको पछाडिपट्टी एउटा कुर्सी खाली थियो ।‘यता आएर बस्दा हुन्छ नि ’महराले बाबुरामलाई बोलाए मञ्चबाट । बाबुरामले सुनेको नसुनै गरेर बसिरहे ।त्यसपछि मधेसी दलका दोस्रो तहका नेताहरु पनि मञ्चमा बस्न थाले । तर बाबुराम तलै बसिरहे । कम्नतीमा सम्मानजनक शब्दसमेत प्रयोग नगरी ‘बस्दिदा हुन्छ नि’ भनेपछि बाबुराम गएनन् । धेरै नेताले आग्रह गर्दा पनि बाबुराम मञ्चमा गएनन् । धेरै समयपछि मधेशी जनअधिार फोरम लोकतान्त्रिकका नेता विजय गच्छदारले मञ्चबाट उठेर ‘तपाई अगाडि आएर नबसे म पनि बस्दिनँ’ भनेर बाबुरामलाई बोलाएपछि बल्ल मञ्चमा गएर बसे । पुर्वप्रधानमन्त्री तथा पार्टीको बरिष्ठ नेतालाई सार्वजनिक कार्यक्रममा आएर बस्दिदा हुन्छ नि भनी हेपेर महासचिव महराले बोलाएको भन्दै उपस्थितले टिप्पणी गरेका थिए,आजको साघुँ साप्ताहिकमा खबर छ ।
No comments:
Post a Comment