• Breaking News

    7.22.2014

    रेखालाई ‘काउन्टर’ दिने छबीको तयारी

    काठमाडौं, साउन ६
    निर्माता छबी ओझाले नायिका रेखा थापालाई काउन्टर दिने भएका छन्। उनले सो काउन्टर आफैले डेब्यू गराउन लागेकी नायिका शिल्पा पोखरेलमार्फत दिन लागेका हुन। काउन्टरकै लागि भएर होला शिल्पाको पहिलो सिनेमा ‘लज्जा’ रिलिज नहुदैं छविले शिल्पालाई लिएर अर्को सिनेमा ‘हवल्दार सुन्तली’को प्याकअप गरेका छन्।

    करिब १० वर्षे वैवाहिक र व्यवसायिक सम्बन्ध टुङ्गाएका यी दुईको सम्बन्ध हाल सुमधुर छैन। डिभोर्स पछि ‘हमेशा’ सिनेमामा संगै काम गरेका यी दुई त्यसपछि भने दुई कित्तामा विभाजित छन्। त्यस पछि रेखालाई देखाउनैको लागि भनेर छबीले रेखा जस्तै देखिने शिल्पालाई ल्याएका हुन। सिनेमामा आउनु अघि शिल्पा म्यूजिक भिडियोमा लागि चलेकी मोडल हुन।

    बुझेसम्म छवि शिल्पालाई रेखाकै हाराहारीमा पुर्‍याउन चाहन्छन्। त्यसैले नै छविले उनलाई आफ्नो सिनेमामा दोह्राएका हुन र उनका आगामी सिनेमाहरूमा पनि उनि नै हुनेछिन्। शिल्पा रेखाकै हाराहारीमा पुग्छिन पुग्दिनन त्यो समयले देखाउला। स्मरणीय रहोस् रेखा र शिल्पा दुवै विराटनगरका हुन्।

    पछिल्लो समय नेपाली रजतपटकी सर्वाधिक चर्चित र सफल नायिका रेखा थापा आफ्नो पछिल्लो सिनेमा ‘हिम्मतवाली’ बाट पहिलो पटक फिल्म निर्देशकका रूपमा आँउदैछिन्।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र