• Breaking News

    7.15.2014

    स्वास्थ्यमन्त्री खगराज अधिकारीले गरे दोस्रो विवाह

    ३२ असार, काठमाडौ ।
    स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले दोस्रो विवाह गरेका छन् । नेकपा एमाले नेता समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले पहिलेकी श्रीमती इन्द्रकला बरालसंग सम्वन्ध विच्छेद गरेको एक वर्ष नवित्दै दोस्रो विवाह गरेका हुन् ।

    अधिकारीले मंगलबार ४० वर्षिय रमा पाण्डेलाई जिवनसंगिनीको रुपमा काठमाडौ ललितपुर पुल्चोकस्थित मन्त्री निवास भित्राएका छन् । पाण्डे अविवाहित थिइन । असार १८ गते पाण्डेसँग कोट म्यारिज गरेका अधिकारीले मंगलबार विवाह गरि घर भित्राएका हुन् । ललितपुर स्थित एक सरकारी विद्यालयमा मावि तहकी शिक्षिका रहेकी पाण्डेसंग अधिकारीले विवाह गरेका हुन ।

    मन्त्री अधिकारीको विवाहको लमिको काम पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका अध्यक्ष डाक्टर कालु शर्माले गरेका हुन् । पाण्डे डाक्टर शर्माकी आफन्त पर्ने हुन् । मंगलबार काठमाडौमा मन्त्री अधिकारीले मंगलबार परिवारका सदस्य र पार्टिका शिर्ष नेताहरुको बिच विवाह गरेका हुन् । निर्वतमान पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी लगायतको उपस्थिति रहेको थियो।

    अधिकारीको विवाहमा उनीक छोरी पनि सहभागी भइन् । अधिकारीले पहिलेकी श्रीमती इन्द्रकला बरालसंग २०७० को भदौमा सम्वन्ध विच्छेद गरेका थिए । पहिलकी श्रीमती बरालबाट एक छोरी छन् । सम्वन्ध विच्छेदका क्रममा छोरीले बाबुसंग बस्ने इच्छा देखाएपछि छोरी अधिकारीसंगै रहेकी छन् । मन्त्री अधिकारीले हालै प्रकासन गरेको पुस्तक माया मारेको मान्छेमा पहिलेकी श्रीमतीले अर्कै पुरपुरुष सगँ प्रेम संबन्ध भए पछि वैवाहिक जिवन सफल हुन नसकेको लेखेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र