यसअघि सचिव रहेका पोखरेल यसअघि उपमहासचिवमा पराजित भएका छन् । जनताको बहुदलीय जनवादको व्याख्ता, प्रष्ट वक्ता र युवा पुस्ताका नेता पोखरेलको पराजयले केपी ओली समूहमा मात्र एमालेका युवा पुस्तालाई निराश बनाइदिएको छ ।
पोखरेलले उपमहासचिवमा चुनाव हारे पनि केन्द्रीय सदस्य भने सुनिश्चित भएको छ । पोखरेल पत्नी सजिता शाक्य भने महिलाबाट खुल्लातर्फ केन्द्रीय सदस्य बनेकी छिन् । जिफन्ट, अनेमसंघ र विद्यार्थी राजनीतिमा समेत सक्रिय शाक्य पहिलोपटक केन्द्रीय सदस्य भएकी हुन् ।
उपमहासचिवमा पराजित भएपछि नेता पोखरेलको प्रतिक्रिया यस्तो छः
नेपालको कम्युिनष्ट आन्दोलनको इतिहासमा नयाँ अध्यायको सुरुवात भएको छ । नेतृत्व हस्तान्तरणको अभियानले सफलता हासिल गरेको छ । यस अभियानमा लाग्ने क्रममा कतिपय कमरेडहरुको मन दुखाउन पुगिएछ र आफू भने चुनावमा सफल हुन सकिएन । यसलाइ मैले एउटा गहिरो शिक्षाको रुपमा लिएको छु । यस अभियानमा साथ दिनुहुने र मलार्इ मतदान गर्नुहुने सम्पूर्ण कमरेडहरुलाइ धन्यवाद । नव निर्वाचित अध्यक्ष कमरेड केपी ओली लगायत सम्पूर्ण कमरेडहरुलाइ हार्दिक वधार्इ । यति विस्तृत लोकतान्त्रिक अभ्याससंगै पार्टी एकता र हितका लागि अब लोकतान्त्रिक संस्कृतिको निर्माणमा अग्रसर वनौ । विजेता कमरेडहरुलार्इ निसर्त सहयोग गरौ । लोकतान्त्रिक प्रतिस्पर्धामा जित र हार स्वभािवक हो । कसैको जित र हारको विषय भन्दा पनि पद्धतिको जित भएको छ । यसले नयाँ पुस्ताका लागि नयाँ आशा जगाएको छ । साथै म संगको प्रतिस्पर्धामा उपमहासचिवमा विजयी हुनुहुने दुवै जना कमरेडहरु विष्णुप्रसाद पौडेल र कमरेड घनश्याम भुषालजीलाइ विशेष वधार्इ ।
यता, एमाले केन्द्रीय सदस्यमा गोविन्द कोइराला र गौरा प्रसाईं भिडेका थिए । प्रसाईं भने केन्द्रीय सदस्य निर्वाचित भइसकेकी छिन् ।
No comments:
Post a Comment