• Breaking News

    7.21.2014

    ५० किलो यार्चा बोकेर सभासद् हङकङतिर

    काठमाडौं,साउन६–सभामुख सुवासचन्द्र नेम्वाङको निर्देशन उल्लंघन गर्दै फेरी सभासद धनबहादुर बुढा ५० किलोग्राम यार्सागुम्बा बोकेर हङकङ हानिएका छन् । यार्सागुम्बा बेच्न उनी आइतबार राती हङकङ गएका हुन् ।जेठ अन्तिम साता संसद चलिरहेका बेला उनी हङकङमा १५० ग्राम यार्सागुम्बा को स्यास्पल देखाएर फर्किएका थिए ।बुढा डोल्पाबाट एमालेबाट निर्वाचित सभासद हुन् ।
    हङकङमा डोल्पाको यार्चा बढी मूल्यमा बिक्री हुने भएकाले उनी बर्सेनी उतै जाने गरेका छन् । केही समयअघिको भेटमा उनले गत वर्ष करिव २ सय किलोग्राम यार्चा हङकङ लगेर बेचेको बताएका थिए । हङकङमा एक किलो यार्चा २० देखी ४० लाख रुपैयाँमा बिक्री हुने गरेको छ ।
    आफूले दिएको निर्देशन विपरीत सभासद बुढा चलेपछि सभामुख नेम्वाङले सम्बन्धित पार्टीसँग स्पष्टीकरण लिने तयारी गरेका छन् । ‘कानूनी कारबाही नै गर्ने ठाउँ त छैन,अब सम्बन्धित पार्टीसँग नै स्पष्टीकरण लिन्छु ’नेम्वाङले भने जतिसुकै भनेपनि सुनुवाई भएन ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र