• Breaking News

    7.16.2014

    ललितपुरमा तीन बालिका आफ्नै बाबुबाट बलात्कृत

    ललितपुर, ३२ असार ।  ललितपुरमा गत वर्षहरुको तुलनामा बालिका बलात्कारका घटनाहरु ह्वात्तै बढेको एक तथ्यांकले देखाएको छ ।
    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज गरेको दोस्रो त्रैमासिक पूर्व समीक्षामा सन् २०१४ को पहिलो ६ महिनामा ८ ओटा त्यस्ता घटना भएको जानकारी दिइएको हो ।
    ती मध्ये ३ बालिका आफ्नै बाबुबाट बलात्कृत भएको पनि इन्सेकले अभिलेख गरेको छ । सन् २०१२ मा ६ वटा बलात्कारका घटनाहरु भएकोमा ललितपुरमा इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१३ मा १६ वटा बलात्कारका घटनाहरु समावेश गरिएको छ ।
    कार्यक्रममा राष्टिय अनुसन्धान कार्यालयका डिएसपी भूमि पाठकले सरोकारवालाहरुसँगको समन्वय गरे यस किसिमका घटनाविरुद्ध काम हुनुपर्ने बताउनुभयो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र