• Breaking News

    7.13.2014

    प्रहरीमा डिआइजी र एसएसपीको हेरफेर केन्द्रमा थन्किए 'रमेश खरेल'

    काठमाडौं, असार २९ – प्रहरी प्रधान कार्यालयले काठमाडौंको प्रहरी प्रमुखबाट रमेश खरेललाई हटाएर केन्द्रीय अनुसन्धान व्युरोका एसएसपी उत्तम कार्कीलाई सरुवा गरेको छ । खरेललाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ ।
    खरेललाई यसअघि नै सरुवा गरिने तयारी गरेपनि उप निर्वाचनका कारण सरुवा गर्न सकिएको थिएन ।
    त्यस्तै, महानगरीय प्रहरी, रानीपोखरीको निमित्त आयुक्तमा डिआइजी विज्ञानराज शर्मालाई सरुवा गरेको छ । उनी कार्यरत रहेको प्रहरी महानिरीक्षकको सचिवालयमा विश्वराजसिंह शाही सरुवा भएका छन् । अर्का डिआइजी हेमन्त मल्ल ठकुरी केन्द्रीय अनुसन्धान व्युरो सरुवा भएका छन् ।
    रातोपाटी बाट
    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र