पुष १९ गते
मानिसको कूलत पनि कस्तो कस्तो हुन्छ ? पत्याउन गाह्रो हुन्छ । एक महिला पेन्ट अर्थात रंग पिउने दुव्र्यसनीमा फसेकी छिन् ।
ट्राभल लिभिङ च्यानलमा प्रशारित ‘मेरो अनौठो दुब्यसनी’ कार्यक्रममा ४३ वर्षीया महिलाले आफूले ३ वर्षदेखि पेन्ट पिउने गरेको सार्वजनिक गरेकी छन् ।
दुई सन्तानकी आमा हीथर बालले अहिलेसम्म झण्डै तीन ग्यालिन रंग पिइसकेकी छिन् । ‘जब घाँटीबाट तल जान्छ, यो दूध वा बाक्लो तरल पदार्थ जस्तो हुन्छ’ उनले भनेकी छिन्–‘निकै तातो र राम्रो महशुस गर्छु । यो रासायनीक स्वाद मेरो लागि राम्रो छ ।’
रंग पिउनका लागि उनले मार्कर पेन प्रयोग गर्छिन् । हरेक दिन उनी बजारमा गएर त्यही मार्कर पेनमा रंग भर्छिन र पिउँछिन् ।
No comments:
Post a Comment