पुस १९,हङकङ। उत्तर कोरियाका शासक तथा सैन्य नेता किम जोंग उनले आफ्ना फुपाजु तथा देशकै दोस्रो शक्तिशाली नेतालाई राज्यद्रोहको आरोपमा फाँसि दिएको समाचार सार्वजनिक भएको केहि दिनपछि उनलाई कसरी क्रुर यातना दिएर हत्या गरिएको थियो भन्ने तथ्य सार्वजनिक भएको छ। किम जोंग उनले १२ डिसेम्वरमा जैंग सोंग थाएकलाई अमानविय तरिकाले फाँसि दिएर मारेको तथ्य एक हंङकङबाट प्रकाशित हुने चीनियाँ भाषाको पत्रिकाले सार्वजनिक गरेको छ।
आफ्नो सत्ताको विरुद्ध ‘गद्दारी’ तथा धोखाधडी गरेको आरोपमा जैंग सोंग थाएकलाई नाङगै पारेर भोका शिकारी कुकुरको खोरमा हालेर हत्या गरेको चीनियाँ भाषाको पत्रिका ‘वेन वेई पो’ ले छापेको छ। पत्रिकाको अनुसार थाएकलाई नाङगै पारेर १२० शिकारी कुकुर भएको पिंजडामा हालिएको थियो। जहा ति कुकुरलाई ३ दिनदेखि केहि पनि खान नदिएर भोकै राखिएकव थियो।
पत्रिकामा जनाइए अनुसार जोंगले आफ्ना फुपाजुका ५ सहयोगिलाई पनि त्यसैगरि कुकुरको आहार बनाएर मारेका थिए। बताइए अनुसार फुपाजु र उनका सहयोगीलाई कुकुरले टोकेर मारेको र तिनको मासु खाएको हेरेका थिए। एक घण्टामा शिकारी कुकुरहरुले सबै ६जनालाई मारेर मासु समेत पुरै खाइदिएका थिए। यसरी भोको कुकुरहरुलाई मान्छे मार्न दिने कामलाई उत्तर कोरीयामा ‘क्वैन जे’ भन्ने गरिन्छ।
किम जोंग उनले यसअघी पनि आफ्नो पूर्व प्रेमिका गायिका ह्योन सोंग-वोललाई गोली हानेर हत्या गरेका थिए। ह्योन सहित २० गायक, संगीतकार र नृत्यङगनालाई २० अगस्टमा किमको आदेशमै गोली हानी हत्या गरिएको थियो।
नयाँ बर्ष २०१४को पहिलो सम्वोधनमा किम जोंगले थाएकको हत्यालाई सांकेतिक रुपमा बताएका थिए। उनले भनेका थिए ‘गुटबाजी गर्ने फोहोरहरुलाई’ सफाया गरिएको छ यसले देश अझ मजबुद हुनेछ।
सन् २०११ डिसेम्बरमा किमको पिताको अचानक मृत्यु भएपछि उनले सत्ता सञ्चालन गर्दै आएका छन्।
www.hamrakura.com
No comments:
Post a Comment