१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक सभासदको टुङ्गो लगाएको छ । संसदीय समितिले तयार पारेको सभासदको सूचीलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ ।
कांग्रेसले समानुपातिक सूचीमा रहेका ३४ केन्द्रीय सदस्य मध्ये ४ जनालाई भने संविधानसभामा नपठाउने भएको छ । समानुपातिक सभासदमा नपर्नेहरुमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, बाबुराम राना, मीना सुब्बा र राजनकुमार पन्त रहनु भएको छ ।
समानुपातिक सभासदको सूचीमा पर्नेहरूमा कोषध्यक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्रीहरू गोपालमान श्रेष्ठ र कुलबहादुर गुरुङ रहनु भएको । यस्तै लीला कोइराला, दिलबहादुर घर्ती, नरेन्द्रबिक्रम नेम्वाङ, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, मिनेन्द्रप्रसाद रिजाल, प्रकाशशरण महत, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, मनमोहन भट्टराई, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, सूर्यमान गुरुङ, कमला पन्त, अम्बिका बस्नेत, धनराज गुरुङ, महेन्द्र यादव, रत्न शेरचन, मिनबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सिता गुरुङ, कविताकुमारी सरदार, मिनाक्षी झा, सुजाता परियार र कुमारी लक्ष्मी राई पनि सभासद हुनु हुने भएको छ ।
त्यसैगरी रञ्जित कर्ण,चिनकाजी श्रेष्ठ, तारिनीदत चटौत, धु्रव वाग्ले, सरिता प्रसाईं, अनिता देवकोटा, मिठु मल्ल, कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा, कांग्रेस नेता खुमबहादुर खड्का पत्नी शिला खड्का, बादसाह कुर्मी, दीपशिखा शमा ढकाल, आशा विक, लक्ष्मीदेवी चौधरी, हरेसप्रसाद यादव र डिल्लीबहादुर चौधरीलाई कांग्रेसले समानुपातिक सभासद बनाएको छ ।
त्यसैगरी समानुपातिकबाट सभासद बन्ने अन्य भाग्यमानीहरूमा जगदशीनरसिंह केसी, अशोक कोइराला, रामचन्द्र पोखरेल, बलदेव बोहोरा, भरतबहादुर खड्का, अमियकुमार यादव, मैकुलाल बाल्मिकी, प्यारेलाल राना र शान्तिदेवी चौधरी रहेका छन् ।
www.onlinekhabar.com

No comments:
Post a Comment