शनिबार, १३ जेठ
नेपाली टेलिभिजन क्षेत्रका चर्चित पत्रकार केदार कोइराला बालिका बलात्कारको अभियोगमा पक्राउ परेका छन् । आफ्नै घरमा काम गर्न राखिएकी १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बानेश्वरले उनलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।पत्रकार कोइरालाले आफ्नो घरमा काम गर्ने १५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेर गर्भवती बनाएको प्रहरी अनुसन्धानको क्रममा खुल्न आएको एसएसपी छविलाल जोशीले बताए । प्रहरी स्रोतका अनुसार कोइरालाले उक्त घटनालाई गुपचुप राख्न खोजे पनि बलात्कारपछि आफू गर्भवती भएको भन्दै ती बालिकाले आफूले अध्ययन गर्ने स्कुलकी एक शिक्षिकालाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको थियो । स्रोतका अनुसार ती बालिकाको गर्भमा तीन महिनाको बच्चा छ ।प्रहरीका अनुसार पीडित बालिका अहिले सेभ द चिल्ड्रेनको संरक्षण छिन् भने पत्रकार कोइरालालाई अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ ।
No comments:
Post a Comment