• Breaking News

    5.19.2017

    विजय उत्सवमा पुगे ओली : भन्छन् बिग्रिसकेको कांग्रेसले कसरी यत्रो भोट ल्यायो ?


    बनेपा, ५ जेठ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणको स्थानीय चुनावको परिणामले एमाले कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने देखाएको बताएका छन् ।

    नगर चुनावको इतहिासमै पहिलो पटक बनेपा नगरपालिकामा एमालेले जितेपछि विजय उत्सवमा सहभागी हुन बनेपा पुगेका ओलीले भने, ‘बिग्रिसकेको कांग्रेसले कसरी  यत्रो भोट ल्यायो ? हामीले अझै जनतालाई बुझाउन सकेका रहेनछौं ।’
    महासचिव र्इश्वर पोखरेल समेतलाई लिएर बनेपा पुगेका ओलीले बिजयसभालाई सम्बोधन गर्दै कांग्रेसले प्राप्त गरेको मत बढि भएको बताए । उनले भने,’कुनै सिद्धान्त र बिचारबाट च्यूत भइसकेको कांग्रेसको बारेमा जनतालाई प्रष्ट पार्न बाँकी नै रहेछ, हामीले अझै मेहनत गर्नुपर्ने भयो ।’
    उनले अघि भने, ‘एमालेले यति धेरै काम गरेको छ, राष्ट्रियताको पक्षमा अडान लिएको छ । यति गर्दापनि कांग्रेस कसरी एमालेको हाराहारिमा आयो ? कार्यकर्ताले अझै मेहनत गर्नुपर्ने भएको छ ।’
    अध्यक्ष ओलीले चुनावमा सत्तारुढ दलले आतंक मच्चाए पनि एमालेले एक ठाउँमा पनि आतंक नमच्चाएको दाबी गरे । उनले एमालेले अब बनेपालाई आधुनिक शहर बनाउने दाबी गरे । ‘यसअघि लक्ष्मी नरसिंह बादेलाई किन जिताएनछौं भनेर तपार्इहरुलाई पश्चताप हुने वाला छ’ ओलीले भने, ‘अब हामीले बनेपालाई बनाएर देखाउँछौं ।’
    नेपाली कांग्रेसको गढ मानिएको काभ्रेको बनेपा नगरपालिकामा एमाले उम्मेदवार विजयी भएपछि विजय जुलुसमा सहभागी हुन एमाले अध्यक्ष केपी ओली बनेपा पुगेका थिए ।
    बनेपाको मेयरमा एमालेका उम्मेदवार लक्ष्मी नरसिंह बादेले ९ हजार ६ सय १७ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राम जोशीले ८ हजार २ सय ७१ मत पाएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र