• Breaking News

    5.26.2017

    ज्वार्इंले मेयरमा टिकट पाए, ससुराले पार्टीबाट राजीनामा दिए



    अर्घाखाँची, जेठ १२ – नेपाली कांग्रेस अर्घाखाँचीका पूर्व उपसभापति श्यामनाथ कास्यपले पार्टीको साधारण सदस्य समेत नरहने गरि राजीनामा दिनुभएको छ । कांग्रेसमा बसेर काम गर्दा न्याय नपाएको र सधै भरी अन्याय भोग्नु परेका कारण राजीनामा दिएको कास्यपले टेलिफोनमा बताउनुभयो । आउँदो जेठ ३१ गते हुने स्थानीय तहको चुनावमा पाणिनी गाँउपालिकाको अध्यक्षका आकांक्षी काश्यपले नेपाली कांग्रेसको पूर्व जिल्ला सचिव र महासमिति सदस्य समेत भएर काम गर्नुभएको थियो ।

    तर उहाँका ज्वाई खडानन्द बेल्बासे अर्घाखाँचीकै भूमिकास्थान नगरपालिकामा कांग्रेसबाट मेयर पदमा उठ्ने कांग्रेसले निर्णय गरेको छ । उहाँकी छोरी संगिता बेल्बासे कांग्रेसको जिल्ला समिति सदस्य हुनुहुन्छ । ज्वाईले टिकट पाएपनि आफूले नपाएका कारण राजीनामा दिएको कांग्रेसका कार्यकर्ताहरुले बताएका छन् ।

    त्यस्तै अर्घाखाँचीमा टिकट वितरणको दिन सोमबार टिकट वितरणमा असन्तुस्ट जनाउँदै कांग्रेसका जिल्ला सदस्य रहेका राम प्रसाद घिमिरेले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिुनभएको थियो । घिमिरे कांग्रेस जिल्ला उपसभापति तथा महिला संघकी जिल्ला अध्यक्ष शान्ता भण्डारीका बुबा हुन् ।

    पूर्व क्षेत्रीय सभापतिद्धय मणिराम पौडेल र रमेश खनालले पनी सोमबार राजीनामा दिएका थिए । रमेश खनालका भाइ कमल खनाल पाणिनी गाँउपालिकाको वडा नम्वर ८ को अध्यक्षमा कांग्रेसबाट अध्यक्षमा उठ्दै हुनुहुन्छ ।
    प्रेमनारायण आचार्य/उज्यालो बाट 

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र