• Breaking News

    5.11.2017

    मौन अवधि सुरु, यस्ता छन् ६ किसिमका रोक


    काठमाडौं, वैशाख २९ । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि गएराति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचार प्रसार सहित ६ किसिमका रोक लगाएको छ ।
    मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । मौन अवधिमा साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न नपाइने नयाँ पत्रिकामा मा खबर छ ।

    बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न समेत निषेध छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र