• Breaking News

    5.25.2017

    भोट नदिई चुनावमा हराएको भन्दै काँग्रेसद्धारा हातखुट्टा बांधेर महिलामाथि कुटपिट



    नुवाकोट, ११ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा आफूलाई भोट नदिई हराएको भन्दै सत्तारुढ नेपाली कांग्रेसका उम्मेदवारले एक महिलामाथि निर्घात कुटपिट गरेका छन् ।

    घटना नुवाकोट जिल्लाको हो । यहाँको किस्पाङ गाउँपालिकामा कांग्रेस उम्मेदवारलाई भोट नहालेको भन्दै बुधबार मध्यराति स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बांधेर कुटपिट गरिएको हो ।

    कांग्रेसका स्थानीय उम्मेदवारको निर्देशनमा समूहमा आएका कांग्रेस कार्यकर्ताले चुनावमा अर्को उम्मेदवारलाई भोट हालेर ‘हाम्रालाई’ हराएको भन्दै घलेमाथि सांघातिक आक्रमण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    प्रत्यदर्शी परिवारका सदस्यका अनुसार घलेको हातखुट्टा बांधेर, मुखमा समेत बुझो लगाएर ७ जनाको समुहमा आएका कांग्रसका कार्यकर्ताले निर्घात कुटपिट गरेका थिए ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते घलेको अहिले स्थानीय अस्पतालमा उपचार हुदैंछ । मध्यरातमा महिलाका आफन्तले महिलामाथि बांधेर कुटपिट गरेको खबर गर्दा घटनास्थल पुगेको प्रहरीले आफन्तले हातखुट्टा बाधेको खादा फुकाइसकेको अवस्थामा भेट्टाएको प्रहरी सहायक निरीक्षक बेगबहादुर खड्काले जानकारी दिए ।
    दैनिक नेपाल

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र