• Breaking News

    5.19.2017

    बुबा–छोराको भूमिकामा अमिताभ बच्चन र ऋषि कपुर


    एजेन्सी । अमिताभ बच्चन र ऋषि कपुरको जोडी २६ वर्षपछि ठूलो पर्दामा सँगै देखिँदै छन् । चलचित्र गुजराती लेखक – निर्देशक सौम्या जोशीको नाटक ‘१०२ नट आउट’ माथि बनिरहेको छ ।
    चलचित्रमा अमिताभ १०२ वर्षका व्यक्तिको भूमिका निर्वाह गर्दैछन् र चलचित्रमा ऋषि कपुर उनका ७५ वर्षका छोराको भूमिकामा छन् ।

    चलचित्रको सुटिङ बुधबारदेखि मुम्बईमा सुरु भएको छ । चलचित्रलाई उमेश शुक्लाले निर्देशन गरिरहेका छन् । उनले २६ वर्षपछि अमिताभ र ऋषिसँगै देखिएको बताउँदै दुवै गुजराती भूमिकामा देखिएको जानकारी दिए ।

    उनले आफू पनि गुजराती भएको भन्दै दुवैको भेषभूषामा विशेष ध्यान दिएको बताए ।

    स्रोतका अनुसार चलचित्रको सुटिङ यसै महिनाको अन्तसम्म मुम्बईमा हुनेछ । यसपछि जुलाईमा सुटिङ पुनः सुरु गरिनेछ ।  निर्माताका अनुसार उनीहरू जुलाईको अन्तसम्ममा सुटिङ सक्न चाहन्छन् । चलचित्रको कथा बाबु छोराबीचको प्रेमकथा देखाइएको छ ।

    उमेशका अनुसार उनले वास्तविक नाटकलाई निर्माण गरेका थिए । उनले यसलाई राम्रो चलचित्रमा परिवर्तन गर्न सक्ने बताए । सौम्याले चलचित्रको कथा राम्रो लेखेको उनले बताए । चलचित्रमा अभिषेक बच्चन, असिन, ऋषि कपुर र सुप्रिया पाठक शीर्ष भूमिकामा छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र