• Breaking News

    5.03.2017

    नेपालमा २० हजार पुरुष बेश्या !


    वैशाख २१  । नेपालमा २ लाख यौन व्यवसायी रहेका छन् ।

    जसमध्ये १० प्रतिशत अर्थात २० हजार पुरुष यौन व्यवसायस् रहेको सरकारी तथा विभिन्न समाजिक संघसंस्थाको अध्ययनले देखाएको छ । बाँकी महिला, तेस्रोलिंगी र समलिंगी यौन व्यवसायी रहेका छन् । पुरुष यौन व्यवसायीबारे नेपाली समाज प्रायः अनविज्ञ भए पनि महिलाको यौन सन्तुष्टि पूरा गरिदिएबापत हज्जारौ रकम लिने पुरुष यौन व्यवसायी ठूलो संख्यामा रहेको खुलासा भएको छ ।

    नेपालमा रहेका २० हजार पुरुष यौन व्यवसायीमध्ये करिब ५० प्रतिशत पुरुष यौन व्यवसायी काठमाडौं केन्द्रित रहेको तथ्यांक रहेको छ । त्यस मध्ये अन्य व्यवसायी मोफसलका व्यस्त सहर तथा बोर्डरका बजारमा छन् ।

    पुरुष यौन व्यवसायीका ग्राहक उच्च घरानादेखि उच्च ओहदासम्म पुगेका केही महिला रहेको अध्ययनले देखाएको छ । लाहुरे जीवनको क्रममा विभिन्न मुलुकमा पुगेका पुरुषका श्रीमती, धनाढ्य वर्गका महिला, वैदेशिक रोजगारीमा रहको पुरुषका श्रीमती, श्रीमाले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिलो ग्राहक हुन् ।

    पुरुष यौन व्यवसायीलाई कतिपय महिलाले घरमै बोलाएर तथा कतिपयले क्यासिनो, लक्जरी होटल तथा सुरक्षीत स्थानमा बोलाएर यौन सन्तुष्टि लिने गरेका छन् ।

    गज्जबबाट

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र