• Breaking News

    5.18.2017

    भरतपुर महानगरपालिकाको मत परिणाम गोलमाल भएपछि…


    भरतपुर, ५ जेठ । सम्पूर्ण नेपालीहरुको ध्यान खिचेको भरतपुरको मतपरिणाममा दलका प्रतिनिधिहरुले नै गोलमाल गरेको भेटेपछि कडाइ गरिएको छ ।

    मत परिणामको तथ्यांक तलमाथि परेपछि गणनास्थलमा केही समस्या देखिएकोले अहिले छलफल चलिरहेको छ । दलका प्रतिनिधिहरुले आफूखुसी मतपरिणाम संचारमाध्यमलाई टिपाउन थालेपछि भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत बबीप्रसाद न्यौपानेले कडाइ गरेका छन् । यसअघि माओवादी उम्मेदवार रेणु दाहालले अग्रता लिएको कुरा बाहिर आएको थियो । तर, मतपरिणाम जोड्दै जाँदा एमालेकै देवी ज्ञवाली अगाडि देखिएका थिए ।

    मतपरिणाम सार्वजनिक गर्दा तलमाथि हुन थालेपछि मुख्य निर्वाचन अधिकृत न्यौपानेले निकै ढिलो गरी जानकारी दिने गरेका छन् । दलका प्रतिनिधिहरुलाई पनि जथाभाबी खबर सार्वजनिक नगर्न ध्यानाकर्षण गराएका छन् । बरु ढिलो होस्, म आधिकारिक भएपछि मात्र सार्वजनिक गर्छु उनले दलका प्रतिनिधिहरुलाई भनेका छन् ।

    भरतपुर महनगरपालिकामा एमालेका देवी ज्ञवालीको अग्रता कायमै छ । ज्ञवालीले १२३०६ मत पाएका छन् भने माओवादी केन्द्रकी दाहालले ११७७७ मत पाएकी छिन् ।

    भरतपुरको मतपरिणामप्रति यतिबेला सबैको ध्यान खिचेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र