• Breaking News

    5.21.2017

    बाग्लुङ बजार भास्सियोः घरमा नबस्न नगरपालिकाको आग्रह


    बाग्लुङ, ८ जेठ । बाग्लुङ बजारमा सुक्खा समयमै जमिन भास्सिएको छ । बाग्लुङ नगरपालिका ३ गुठीमा जमिन भास्सिएपछि स्थानीय त्रसित बनेका छन् ।
    आजको अन्नपूर्ण पोस्टमा यो खबर छ–आइतबार बिहान १० बजेको समयमा एकाएक जमिन केही फिट तल भास्सिएपछि आसपासका तीन परिवारलाई अन्यत्र सर्न आग्रह गरिएको छ ।
    घरछेउमै जमिन भ्वाङ परेपछि स्थानीय डिलबहादुर किसान, नन्दकुमारी सर्किनी र चेली थापाको परिवारलाई २४ घण्टा घरमा नबस्न जिल्ला प्रशासन कार्यलय र बागलुङ नगरपालिकाले आग्रह गरेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र