• Breaking News

    5.25.2017

    मध्यरातमा भरतपुरमा भएको मा-कांग्रेस गठबन्धनमा देखियो कडा दरार (ताजा परिणाम सहित)


    १२ जेठ, भरतपुर- चितवनको भरतपुर महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गएको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालबीचको मत अन्तर घट्दै जाँदा प्रतिस्पर्धा रोचक बन्दै गएको हो। यद्दपी १५ वडाको मतगणना लाइ हेर्ने हो भने एमालेकै उम्मेदवार देबिले नै अग्रता लिन सक्ने देखिएको छ ।

    दुवै पक्षले अब गन्न बाँकी वडामा आ-आफ्नो पकड भएको दावी गरि रहेका छन  तर भरतपुरमा चलिरहेको ‘डट बल’को बलिङले माओ-कांग्रेस गठबन्धन घाटामा परेका छन् । चितवनमा अहिले मत गणना चल्दै गर्दा डट बल भइरहेको छ । अर्थात वडा नम्बर १५ मा मतगणना चल्दै गर्दा कांग्रेसी कार्याकर्ताहरुले मेयरको हसिया हथौडा बाहेक रुख चिन्हमा मात्रै मतदान गरेको भेटिएको छ  । उनीहरुले हसिया हथौडाको भोट काटेका हुन् ।

    पछिल्लो मत परिणाम अनुसार एमाले मेयर उम्मेदवार ज्ञवाली माओवादीकी मेयर उम्मेदवार दाहाल भन्दा १२ सय ३५ मतले अगाडि हुनुहुन्छ। देवी ज्ञवालीले ३२ हजार ५ सय २ मत ल्याउनुभएको छ भने रेणु दाहालले ३१ हजार २ सय ६७ मत ल्याउनुभएको छ।

    उपमेयरमा कांग्रेसकी पार्वती शाहले ३४ हजार ९ सय २२ मत ल्याउनुभएको छ भने एमालेका दिव्या शर्माले २९ हजार ३ सय ६ मत ल्याउनुभएको छ।

    निर्वाचन आयोगका अनुसार वडा नम्बर १ देखि १५ र २५ देखि २९ वडासम्मको मतगणना भइसकेको छ। अब भने १६ देखि २४ वडाको मतगणना भइराखेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र