• Breaking News

    5.16.2017

    धोका पाएपछि एमालेप्रति राप्रपाको कडा प्रतिक्रियाः हामीलाई ठेस लागेको छ, समय आएपछि के गर्नुपर्ने हो गर्छौं


    काठमाण्डु, २ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी तालमेलका क्रममा एमालेले आफ्ना उम्मेदवारलाई मत नदिएकामा आक्रोश पोखेको छ ।

    ललितपुरमा एमालेले उम्मेदवारी फिर्ता लिएर राप्रपाका उम्मेदवारलाई सघाउने सहमति भएको थियो । तर, एमाले हुँदै नभएका उम्मेदवारले उपमेयरमा २ हजारभन्दा बढी मत ल्याएका छन् । काठमाण्डुमा पनि मेयरमा एमाले र उपमेयरमा राप्रपाले उम्मेदवारी दिएका थिए ।
    यस्तो छ राप्रपाको प्रारम्भिक टिप्पणी 
    हामीले लामो सहकार्य गर्ने मनसायका साथ चुनावमा मिलेर भाग लिएका हौं । अहिलेसम्मको परिणाम हेर्दा उहाँहरु (एमाल) ले सहमतिलाई इमान्दारितापूर्वक पालना गर्नुभएको देखिएको छैन । यद्यपि पुरै परिणाम नआउँदासम्म हामी यसबारे थप केही बोल्न चाहँदैनौं । यद्यपि हामीले विषयलाई गम्भीरतापूर्वक लिएका छौं । हतारमा प्रतिक्रिया दिनुभन्दा एमालेले सहमतिलाई कति इमान्दारितापूर्वक पालना गर्छ वा गर्दैन त्यो हेर्नुपर्छ । हामीले गल्ती गरेका छौं कि ठीक भन्नेमा पछि प्रतिक्रिया दिन्छौं । तर, अहिलेसम्मको परिणाम हेर्दा हामीलाई ठेस लागेको छ । यात्रामा अगाडि बढेपछि ठेस लाग्नु स्वाभाविक हो । अहिलेको परिणाम हेरेर आगामी दिनका निर्वाचनमा सहकार्य गर्ने कि नगर्ने भन्ने पनि हामी निस्कर्षमा पुग्छौं ।
    (दिलनाथ गिरी, नेता राप्रपा)
    kathmandutoday.com

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र