• Breaking News

    5.23.2017

    कहाँ-कहाँ र अचम्म के-के ? राजेश हमालको सिफारिसमा एमालेले उठाएकाको के भयो ?

    १० वैशाख, काठमाडौ।

    पहिलो चरणको स्थानीय निर्वाचनमा एमालेले आफ्नै अनुमानभन्दा बढी परिणाम पाइरहँदा केही ठाउँमा भने आन्तरिक समस्याका कारण पराजित भएको छ। ‘मुस्किल-मुस्किलसंग जितिएला’ भनिएको काठमाडौं महानगरमा प्राप्त अग्रता उसको आंकलन भन्दा बढी छ। अहिले काठमाडौका एमाले ‘थकथक’ मानिरहेका छन्, उपमेयर राप्रपालाई छाडेकोमा।

    यस्तो अग्रताको श्रेय जान्छ कांग्रेसलाई । मेयर प्रत्यासी, राजुराज जोशी मान्छे पुराना, तर बीचमा आएका नयाँ कार्यकर्ता कसैले नचिन्ने । राष्ट्रिय सभागृहमा नोमिनेशन गर्ने बेला उम्मेदवार घोषणा गर्नु ने गल्ती भो भन्ने छ काठमाडौं कांग्रेस अगुवाहरुको टिप्पणी।

    नोमिनेशन अघिसम्म पनि तीर्थराम डंगोल वा प्रगतिमान रञ्जितमध्ये एकले पाउने भनिएको थियो। तर, रामचन्द्रको कोटमा काठमाडौं परेपछि राजुराज एकाएक उम्मेदवार बने। उनी ०४७ मा प्रकाशमान सिंह काठमाडौं जिल्ला सभापति हुँदाका सचिव हुन्। ०५१ मा सांसदको इच्छा गरे, तर प्रकाशमान आफैँ उठे। त्यसपछि पार्टीमा कहिँ देखिएनन्। चार महानगरमध्ये दुई (पोखरा र ललितपुर) शेरबहादुर, एउट (चितवन) सिटौला र एउटा (काठमाडौं) रामचन्द्रको भागमा परेरमात्र हो उनी उम्मेदवार बनेका ।

    भनिन्छ, कांग्रेसले तीर्थराम वा प्रगतिमध्ये एकलाई उठाएको भए विवेकशील र साझा पार्टीले पाएको भोट रोकिन्थ्यो ।

    राजुराज कस्ता मान्छे भने, खुमबहादुर खड्काको हिन्दू अभियानमा सक्रिय । शाहीकालभरि शाही शासनको समर्थक। तर, राजाले मन्त्री बनाएनन्।

    उता, अभिनेता राजेश हमालको सिफारिसमा एमालेले वडाध्यक्ष (२६ नं.मा) उठाएका देवेन्द्र रिमालले अचम्मसंग हारे । त्यहाँ कांग्रेसले स्याङ्जाली ख्याम तिवारीलाई उठाएको थियो। कांग्रेसकै बागी थिए, सञ्जीव प्रधान। तर, यति गर्दा पनि रिमालले जितेनन्, एक सय ५० भोट बढी ल्याएर ख्यामले जिते। तर, वडाध्यक्ष हारे पनि बाँकी चार जना वडा सदस्य जति सबै एमालेले जितेका छन्।

    अर्को अचम्म के भयो भने, एमाले वडाध्यक्ष १५० भोटले हार्ने, तर त्यही वडाबाट एमालेका मेयरलाई दुई सय ९७ बढी भोट आउने । यस्तै भयो, एमालेले हारेका अरु वडामा पनि।

    घट्टेकुलो, न्युप्लाजा, अनामनगर क्षेत्रको वडा नं २९ मा एमालेका ओम उप्रेतीले बागीको सामना गर्नुपर्दा तेस्रो भएर हारे। त्याहँ कांग्रेसका कुश ढकालले जिते, एमालेका बागी शिवराज राजवंशीले एक सय ३५ भोट पुर्याउन नसक्दा हारे।, तर मेयरले पाएको मत जित्ने कांग्रेसका वडाध्यक्षको भन्दा दोब्बर थियो। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र