• Breaking News

    5.07.2017

    चर्चित गुण्डा नाइके दीपक मनाङे पक्राउ


    काठमाडौं, २५ वैशाख । चर्चित गुण्डा नाइके दीपक  मनाङे आइतबार साँझ ठमेल क्षेत्रबाट पक्राउ परेका छन् ।
    वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले तयार पारेको लिस्ट अनुसार मनाङ्गे पक्राउ परेका हुन् ।
    महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङ्गेसहितको केही युवालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले जानकारी दिए ।
    मनाङ्गेलाई प्रहरीले ठमेल एरियामा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । चुनावी सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरीले पक्राउ गर्नेको लिस्ट नै तयार पारेको छ । अन्न्पूर्ण पोस्टमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र