• Breaking News

    5.13.2017

    काभ्रेमा गोली चल्यो, एक जनाको मृत्यु

    ३१ वैशाख, काभ्रे ।

    काभ्रेको नमोबुद्ध ४ मा गोलीलागी एकजनाको मृत्यु भएको छ । राती मोटरसाईकलमा आएको अज्ञात समुहले चलाएको गोली लागी स्थानीय नवराज पाठकको मृत्यु भएको काभ्रेका एसपी सगुन थापाले जानकारी दिएका छन ।

    चेकजाँचका क्रममा आएका व्यक्तिले चलाएको गोली लागी घाइते भएका पाठकलाई अस्पताल ल्याउने क्रममा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडाले जानकारी दिए ।

    प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान जारी रहेको जनाएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र