• Breaking News

    5.25.2017

    ब्रेकिङ खबर : भर्खरै आयो भरतपुरको मतगणनाको ताजा परिणाम, प्रचण्ड पुत्री रेणु बढीन अघि, देवी रोकिए



    भरतपुर । भरतपुर महानगरपालिकाको मतगणना निकै रोचक तरिकाले अगाडि बढेको छ। वडा नम्बर-१५ को मत गणना गर्दा अग्रस्थानमा रहेका एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीको भन्दा माओवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहाललाई धेरै मत प्राप्त भएको छ। रेणु दाहालको मत अन्तर क्रमशः घट्दै गएको छ । भर्खरै सार्वजनिक गरिएको पछिल्लो मत परिणाममा मतान्तर १४५३ मा आएको छ। भरतपुर महानगरपालिकाको १५ वडाका ३५०० मत गणना भएका छन्।

    पछिल्लो प्राप्त मतमा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली ३१८६६ सहित अग्रतामा कायमै छन्। माअोवादी केन्द्रकी मेयर उम्मेद्वार रेणु दाहालले ३०४१३ मत पाएकी छन्। पछिल्ला वडाहरूमा लगातार माअोवादीका लागि मत थपिएको छ भने एमालेले पाएको मतको अग्रता घट्दो क्रममा छ। कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच कडा टक्कर जारी छ । एमालेको राम्रो मतआधार भएका वडाहरुको गणना सकिएका कारण सो पार्टीका उम्मेद्वारहरुको पक्षमा अब उल्लेख्य मत आउने सम्भावना छैन। तर गन्न बाँकी केही वडाहरुमा एमाले प्रतिस्पर्धामा आउन सक्ने र केहीमा जित्ने नै अवस्था रहेको नेताहरुले बनाएका छन्। जसका कारण मेयरमा देवि ज्ञवालीले गठबन्धन उम्मेद्वार दाहाललाई पराजित गर्ने एमालेको आशा कायमै छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र