• Breaking News

    5.03.2017

    झलनाथ खनाललाई फोन गरेर माताले भनिन्–ठूलै पदमा बसेका नेताको हत्या हुनसक्छ, देशमा रगतको खोलो बग्दैछ


    काठमाण्डु, २१ वैशाख– विभिन्न समयमा विभिन्न राजनीतिक भविष्यबाणी गर्दै आएकी माता सविता आचार्य (सरु) ले एमाले नेता झलनाथ खनालले टेलिफोन गरी मुलुकमा शीर्ष नेताहरुको हत्या हुने खतरा रहेको भन्दै सचेत रहन आग्रह गरेकी छन् ।

    खनाललाई केही दिनअघि टेलिफोन गरी माताले मुलुकमा ठूलो मारपिट र रक्तपात हुने बताएकी हुन् । आफूले सपनामा गोली चलेको, मानिसहरु रगतपच्छे भएर ढलेको र घाइतेलाई म्यादी प्रहरीले गोली लागेका मानिसहरुको उद्धार गरेको दृश्य बारम्बार देख्ने गरेकाले मुलुकमा ठूलो अनिष्ट हुने खतरा रहेको उनको दाबी छ ।
    माताले स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसके पनि अकल्पनीय दुर्घटनाका कारण निर्वाचन हुन नसक्ने जिकिर गरेकी छन् । ‘नेपालमा ठूलै उत्पात हुने, मानिसहरुको हताहती हुने र नेताहरुमाथि पनि घटना हुन सक्ने सम्भावना छ’, माताले खनाललाई भनेकी थिइन्, ‘ठूलै नेताहरुमाथि समेत गोली चल्न सक्छ, रगतको खोलो बग्न सक्छ ।’ तत्कालै ठूलो पदमा आशिन नेताहरुमाथि अनिष्टको योग रहेको दाबी उनको छ ।
    खनाललाई उनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै गए राजतन्त्र फर्कने समेत बताएकी छन् । यसअघिदेखि नै उनले नेपालमा राजतन्त्र ब्युँतने भविष्यबाणी गर्दै आएकी थिइन् । उनलाई पूर्वराजा ज्ञानेन्द्रलेसमेत आफ्नोबारे अविष्यबाणी गराउन लगाएका थिए ।
    पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता खनालले माताको टेलिफोन आफूलाई आएको बताए । ‘माताले मलाई फोन गरेकी थिइन्, ती माताको काम नै नेताहरुलाई फोन गरेर यसो र उसो हुँदैछ भन्ने हो’, खनालले भने, ‘मैले खासै चासो दिइन ।’ उनले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग लगाउनुभन्दा केही घण्टाअघि आफूलाई टेलिफोन गरेर र मुलुकमा केही अनिष्ट हुँदैछ भन्ने दाबी गरेको बताए । ‘मैले पत्याइन, तर त्यही दिन महाअभियोग दर्ता भयो’, खनालले भने ।
    via : काठमाण्डु टुडे 

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र