• Breaking News

    5.24.2017

    दलाई लामाको तस्बिर सगरमाथाको चुचुरोमा पुर्याउने को ?

    बिहिबार, जेष्ठ ११, 

    चीनको स्वशासित क्षेत्र तिब्बतबाट निर्वासित धार्मिक नेता दलाई लामाको तस्बिर विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा भेटिएको छ । धार्मिक नेता दलाई लामासहित अन्य दुई जना लामाको तस्बिर ‘स्ट्यान्ड’ मा अड्काएर राखेको अवस्थामा सगरमाथाको चुचुरोमा भेटिएको एक आरोहीले जानकारी दिए । लामाको तस्बिर राखिएको स्थानमा खादा चढाइएको छ । यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

    सगरमाथाको चुचुरोमा कसले र कहिले लामाको तस्बिर राखेको हो भन्ने खुल्न सकेको छैन । जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेका नेपाली आरोही विजय घिमिरेले भने, ‘सगरमाथाको चुचुरोमा ‘स्ट्यान्ड’मा अड्याएर राखिएको अवस्थामा तीन जना लामाको तस्बिर छ । तीमध्ये एक दलाई लामा हुन्, अरूलाई चिन्न सकिनँ ।’

    आरोही घिमिरेले सगरमाथाको चुचुरोमा दलाई लामासहित अन्य दुई जना लामाको तस्बिर राखिएको भए पनि कुन आरोहीले के उद्देश्यसाथ राखेको हो भन्नेबारे थाहा नभएको बताए। आरोही घिमिरेले जेठ ८ गते बिहान सगरमाथाको चुचुरो चुम्दा फोटो देखेको बताए । उनले भने, ‘हामी चुचुरो पुग्दा भर्खरै राखिएको तस्बिरजस्तो देखिन्थ्यो । तर, कसले राख्यो थाहा छैन ।’

    एक चीन नीतिप्रति प्रतिबद्ध हुँदै आएको नेपाल आफ्नो भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि नहोस् भन्ने चाहन्छ । धार्मिक नेता दलाई लामाको तस्बिर सगरमाथाको चुचुरोमा भेटिएको थाहा पाएपछि नेपालस्थित चिनियाँ दूतावासले समेत चासो राखेको गृह मन्त्रालय स्रोतले बताएको छ । सगरमाथाको चुचुरोमा नेपाली वा विदेशी आरोही कसले दलाई लामाको तस्बिर राखेको हो खुल्न सकेको छैन ।

    पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले धार्मिक नेता लामाको तस्बिर सगरमाथाको चुचुरोमा पुगेकोबारे छानबिन थालिएको बताए। महानिर्देशक घिमिरेले भने, ‘हामीले पनि धार्मिक नेता लामाको फोटो सगरमाथाको चुचुरोमा कसैले पुर्‍याएको छ भन्ने सुनेका छौं । सत्यतथ्य आउन बाँकी छ ।’ गृह प्रवक्ता बालकृष्ण पन्थीले लामाको फोटो सगरमाथाको चुचुरोमा रहेकोबारे थाहा नभएको बताए।

    पर्यटन मन्त्रालयले तिब्बती मोहडाबाट समेत दलाई लामाको फोटो सगरमाथाको चुचुरोमा पुर्‍याइएको हुनसक्ने बताएको छ। सगरमाथा आरोहणका क्रममा आवश्यक सामग्रीबाहेक अरू लैजान नपाउने प्रावधान छ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र