एजेन्सी । जेठ १४, १६ सय करोडमाथिको कमाई गर्दै ‘बाहुबली २’ ले बलिउडमा कमाईको सारा रेकर्ड तोडिसकेको छ । अब याे फिल्मले अरुको रेकर्ड तोड्ने हैन नया रेकर्ड बनाइरहेको छ ।
फिल्मको सफलताको पछाडि त्यसमा अभिनय गर्ने कलाकारको उत्तिकै भूमिका छ । त्यसमध्येका एक हुन् प्रभास । हालै उनले बाहुबलीकाे बारेमा केही नया विषय बोलेका छन् जसले निकै चर्चा पाएको छ ।
उनले एसएस राजामाैलीले अाफुलाई विश्वास गरेर बाहुबलीकाे लागि छनाैट गरेकाे बताएका छन् । उनले भनेका छन् – ‘म यति राम्रो अभिनय पनि गर्न सक्छु भन्ने जान्दिन थिएँ । तर एसएस राजामौलीको ममाथि पूरा भरोसा थियो । ‘बाहुबली’ को भूमिका निर्वाहा गर्नु मेरो लागि सम्मानको कुरा हो ।’ प्रभासले बाहुबलीकाे लागि पाँच बर्ष त के सात बर्ष पनि दिन तयार भएको खुलाएका छन् ।
फिल्ममा अभिनय गर्न विषयलाई लिएर प्रभासले भने, ‘मलाई यो लाग्दैन थियो कि म कहिले अभिनय पनि गर्न सक्छु किनकी म निकै लजाउँछु । १८ बर्षको उमेरमा महशुस भयो कि म पनि फिल्ममा अभिनय गर्न सक्छु । मैले आफ्नो पितालाई यो कुरा बताए तब पिता निकै खुशी हुनुभएको थियो ।’
प्रभासले बाहुबलीबाट अाफुले सबै पाएको र त्यसलाई शब्दले बयान नै गर्न नसक्ने बताए । अब अाउने प्रभासको प्रोजेक्ट ‘साहो’ हो ।
No comments:
Post a Comment