• Breaking News

    5.21.2017

    कक्षा ११ मा पढ्दै गर्दा जनप्रतिनिधि निर्बाचित, जिल्ला कै कान्छी


    स्थानीय निर्वाचनमा धादिंग जिल्ला गजुरी गाउँपालिकाबाट महिला सदस्यमा २२ वर्षीया युवती विजयी भएकी छिन् । गजुरी गाउँपालिका वडा नम्बर ८ बाट ५०६ मत प्राप्त गरी कविता बराल विजय भएकी हुन् ।

    बराललाई एमालेले महिला सदस्यमा टिकट दिएको थियो । उनी अहिले किराञ्चोक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छिन् । ‘आफ्नो वडामा एमालेबाट एक्लै विजयी भएकाले थप जिम्मेवारीबोध गरिरहेकी छु, निर्वाचनमा भोट माग्दा पार्टीले गरेको प्रतिबद्धता पूरा गर्न लाग्छु,’ बरालले भनिन् ।

    महिला दिदी–बहिनीको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने र वडाको विकासका लागि वडा अध्यक्ष, पालिका अध्यक्ष/उपाध्यक्षसँंग समन्वय गर्ने बरालले बताइन् । यसअघि ८६ वर्षीया चन्द्रमाया विक थाक्रे गाउँपालिका वडा नम्बर ५ बाट दलित महिला सदस्यमा विजयी भएकी थिइन्  । नयाँ पत्रिका दैनिकमा खबर छ   ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र