काठमाडौं, २० बैशाख । खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै काँग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् ।बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षातकारमा बोल्दै उनले भने,‘पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो हप्ताभित्रै हाम्रो पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ, अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको समर्थनमा देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ।’