• Breaking News

    5.17.2017

    ललितपुर महानगरमा कांग्रेस–एमालेबीच यस्तो देखियो समानता


    ललितपुर, ४ जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेले पछिल्लो मत परिणाम अनुसार चार–चार वडा जितेर बराबरी कायम गरेका छन् ।

    मेयर पदमा कांग्रेस र एमालेका उम्मेदवारबीच कडा टक्कर परिरहेका बेला वडाहरूमा बराबरी संख्या देखिएको हो ।

    कांग्रेसले महानगरपालिकाको १, ६, ७ र ९ जितेको छ । एमाले २, ३, ४ र ५ मा विजयी भएका छन् ।

    कांग्रेसबाट १ वडाध्यक्षमा निर्मल तण्डुकार, ६ मा हिटलर शाक्य, ७ मा कुलबहादुर महर्जन र ९ मा राजु महर्जन विजयी भएका छन् ।

    एमालेबाट २ मा राजकिशोर महर्जन, ३ मा श्रीगोपाल महर्जन, ४ मा नारायण केसी र ५ मा विकासमान श्रेष्ठ विजयी भएका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र