• Breaking News

    5.25.2017

    देउवालाई लाग्यो अर्को झट्का: १७ पटक लडेका रामचन्द्र पौडेलको आफु प्रधानमन्त्री बन्न फेसबुक अभियान!




    काठमाडौं, १२   जेठ । प्रधानमन्त्री बन्नका लागि कांग्रेस नेता रामचन्द्र पौडेलले फेसबुकमा अभियान चलाएका छन् । पौडेल निकटस्थहरुले पार्टी सभापति शेर बहादुर देउवालाई दबाब दिदै पौडेललाई प्रधानमन्त्री बनाउन माग गरेका छन् ।

    प्रचण्डले बुधबार प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि देउवा र पौडेलबीच प्रधानमन्त्री बन्न संघर्ष सुरु भएको छ । पौडेलले आफ्नो फेसबुक पेजमार्फत आफु प्रधानमन्त्री हुनुपर्ने विषयमा आएका समाचार र पोष्टहरु शेयर गरेका छन् । विगतमा १७ पटक चुनाव लडेर पनि हारेकाले यसपटक पार्टीले आफुलाई प्रधानमन्त्री बनाउनुपर्ने उनको तर्क छ ।

    तर, करिब १४ वर्षपछि प्रधानमन्त्री बन्न लागेका देउवाले उनलाई छाड्ने सम्भावना भने ज्यादै न्यून रहेको कांग्रेस नेताहरु बताउछन् ।

    देउवा यतिबेला कमजोर र चौतर्फी असन्तुष्टिको घेराबन्दीमा

    गत वर्ष कांग्रेसको सभापति बनेपछि सर्वशक्तिमान झै देखिएका शेरबहादुर देउवा यतिबेला कमजोर र चौतर्फी असन्तुष्टिको घेराबन्दीमा पर्नुभएको देखिँदै छ ।

    केन्द्रीय कार्यसमितिलाई पूर्णता नदिएको र सबैलाई समेटेर अघि बढ्न नखोजेको भन्ने आरोपहरूले अब अनेकौँ मुद्दा अघि सारेर उनीमाथि प्रहार गर्ने तयारी गरेका छन् । घटना र विचार साप्ताहिकले समाचार छापेको छ । देउवाको सोँच र कार्यशैलीप्रति असहमति जनाउनेहरूको संख्या कांग्रेसभित्र दिन प्रतिदिन बढ्दै गएको छ ।

    आफ्नै खेमाका विमलेन्द्र निधि पहिलेझैँ देउवाको एस म्यान अब रहेनन् । नेताहरू खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसीलगायतले पनि उपयुक्त समयमा देउवालाई तह लगाउने सोँच बनाएको बुझिन्छ । वरिष्ठ नेता रामचन्द्र पौडेल तथा कोइराला परिवारका नेता सदस्यहरू देउवालाई साइजमा राख्ने उपयुक्त समयको प्रतिक्षामा देखिन्छन् ।निर्वाचनको समय परेका कारण यतिबेला देउवाप्रतिको असन्तुष्टि नेताहरूले जानाजान सार्वजनिक नगरेका हुन् । दोस्रो चरणको निर्वाचन लगत्तै देउवामाथि पार्टी सभापति र संसदीय दलको नेता दुईमध्ये एक पद छाड्न बलियो दवाव दिने तयारी कांग्रेसभित्र भइरहेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र