टिप्पणी
नौ महिना २१ दिनको सत्तारोहणपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा दिए । राजीनामा दिँदै गर्दा उनले एउटै कुरा दोहोर्याए नेपालका नेताहरु राजनीति प्रति इमान्दार छैनन् । दलहरुबीच भएका सम्झौता पालाना गर्दैनन् । वाम गठबन्धन सरकार रहेको एमाले माओवादी गठबन्धन भत्काएर नौ महिना पहिला उनी दोश्रो पटक देशको कमाण्ड सम्हाल्न वालुवाटार छिरे । नेपालको राजनीतिक इतिहासमा दोहोर्याएर प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट नेता पनि बने,नाम लेखाए ।
उनी वालुवाटार छिर्दा चुनौतीका चाङ थिए अगाडि । नौ महिना भित्र स्थानीय तहको निर्वाचन गर्नुथ्यो । प्रशंशा गर्नुपर्दछ कि प्रचण्डकै नेतृत्वमा तीन प्रदेशका २८३ निर्वाचन क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । र बाँकी चार प्रदेशको निर्वाचनको मिति तोकिएको छ तर प्रचण्डको राजीनामा पछि एउटा प्रश्न पेचिलो बन्न पुगेको छ अब वाँकी निर्वाचन क्षेत्रमा प्रचण्डका साझेदार देउवाले निर्वाचन गराउन सक्लान ?
प्रधानमन्त्री प्रचण्डले यस्तो समयमा राजीनामा दिए कि उनको राजीनामाको भोलीपल्टै सरकारको नीति तथा कार्यक्रम आउने तय भएको थियो । भने संविधानमै लेखिएको जेठ १५ मा नयाँ बजेट ल्याउनैपर्ने संवैधानिक व्यवस्था छदैछ ।
कतिसम्म भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत २० दिन पछाडि दोश्रो चरणको निर्वाचन सम्पन्न गरेर मात्र राजीनामा दिन आग्रह गरेको हो । तर प्रचण्डले प्रतिपक्षीको कुरा सुन्न उचित ठानेनन् । बरु उनी दोश्रो चरणको निर्वाचन,नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउने विषयलाई अलपत्र पारेर राजीनामा गरेर हिडे ।
प्रधानमन्त्री प्रचण्डको राजीनामा लगतै भारतीय मुखपत्र हिन्दुस्थान टाइम्समा प्रशान्त झाले लेख छपाए ‘प्रचण्डको राजीनामा भारतकै दबाब अर्थात निर्देशनमा भएको हो । प्रश्न उठाउनेहरुका लागि यो ठाँउ पनि छ । साता दिन अगाडि वान वेल्ट वान रोड अर्थात ओआरवीमा हस्ताक्षर गरेको प्रचण्ड नेतृत्वको सरकारबाट प्रचण्डको बर्हिगमनको पछाडि कुन फ्याक्टरले काम गरेको छ ।
अरु २० दिन कुरेर दोश्रो चरणको निर्वाचन सम्पन्न गराएर बाहिरिएको भए प्रधानमन्त्री प्रचण्डको राजनीतिक कद घट्दैनथ्यो अझै वढ्दथ्यो । यो बीचमा विच्किएका मधेसी दलहरुलाई फकाउन नसक्नु,संविधान संशहोधन समेत गर्न नसक्नु लगायतका कारण समेत प्रधानमन्त्री प्रचण्डका लागि सत्ता अमिलो भएको टिप्पणी राजनीतिक विश्लेषकहरुले गर्न थालेका छन । उनीहरुकै शव्दमा प्रधानमन्त्री प्रचण्ड कांग्रेस प्रति इमान्द्यार बन्ने प्रयास गरे पनि उनी देशप्रति इमान्द्यार बन्न भने चुकेका छन ।
No comments:
Post a Comment