• Breaking News

    5.09.2017

    डाडुको रापले दाँतको उपचार !

     बुधबार, २७ बैशाख, 

    काठमाडौं । बाजुरा जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा स्वास्थ्य चौकी छन् । तर, स्वास्थ्य चौकीभन्दा धामीझाँक्री र वैद्यहरू स्थानीय जनताको मनमा बस्न सफल भएका छन् ।

    त्यहाँका अधिकांश बिरामी उपचारका लागि स्वास्थ्य चौकी जाँदैनन्, धामीझाँक्री र वैद्यहरूकै भर पर्छन् । धामीझाँक्री र वैद्यहरूले गर्ने उपचार पद्धतिमा पनि उनीहरूको कुनै गुनासो पाइँदैन ।

    स्वामीकार्तिक गाउँपालिका–२ की जनपुरा रावल दाँत दुखेपछि रातभर सुत्न सकिनन् । बिहानीको पर्खाइमा उनले कष्ट सहेर रात कटाइन् । उज्यालो भएपछि उनको प्राथमिकतामा स्वास्थ्य चौकी परेन । उनी सिधै स्थानीय वैद्यकोमा गइन् । वैद्यले भान्सामा प्रयोग हुने फलामको डाडु आगोको भुंग्रोमा रातो हुने गरी तताइन् । त्यसपछि ती महिला वैद्यले उनको दुखेको दाँतमा केहीबेर डामिन् । रावललाई तातो डाडुको रापले बिसेक भयो ।

    तत्कालै दाँत दुख्न छाडेपछि रावलले वैद्यको प्रशंसा गर्न थालिन् । उनले खुसी हुँदै भनिन्, ‘मलाई बचायौ दिदी, रातभर सुत्न सकेकी थिइनँ । अहिले त पुरै सन्चो भयो ।’

    वैद्य र धामीझाँक्रीप्रति विश्वास गर्ने रावल प्रतिनिधि पात्र मात्र हुन् । बाजुरामा वैद्य र धामीझाँक्रीलाई विश्वास गर्नेको संख्या असंख्य छ ।

    बिच्छ्याँ–३ का शुभलाल बुढा अहिले ९० वर्षका भए । तर, उनी अहिलेसम्म पनि उपचारका लागि स्वास्थ्य चौकी गएका छैनन् । अलि बिसन्चो हुनेबित्तिकै उनी तिनै वैद्य र धामीझाँक्रीकामा पुगिहाल्छन् । धामीझाँक्री र वैद्यकोमा जानेबित्तिकै सन्चो हुने हुनाले उनीहरूप्रति बुढाको औधी विश्वास छ । ‘अब कतिचाहिँ बाँच्छु होला र ? तर, अहिलेसम्म पनि उपचारका लागि स्वास्थ्य संस्था जानुपरेको छैन, यत्रो उमेर त वैद्य र धामीझाँक्रीसँग उपचार गरें, अब स्वास्थ्य संस्था किन जानु ? जानु पनि नपरोस्,’ वृद्ध बुढाले भने ।

    स्वास्थ्य संस्थाप्रति यहाँका जनता सकारात्मक नहुनुको प्रमुख कारण हो, धेरै टाढा हुनु र गएकाबेला स्वास्थ्यकर्मी पनि नभेटिनु । चाहिएको औषधि पनि नहुनु । तर, धामीझाँक्री र वैद्य वडावडामा छ्यासछ्यास्ती छन् । यहाँसम्म कि धामीझाँक्री र वैद्य पेसाले यहाँ व्यवसायकै रूप लिएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र