• Breaking News

    5.27.2017

    अब पशुलाई पनि ८ घन्टा बढी काममा लगाउन नपाइने, छाडा छाडे, पुच्छर बटारो कारबाही !

    आइतवार, जेष्ठ १४, २०७४

    पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।

    त्यति मात्रै होइन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित हेरचाह गर्नुपर्ने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ ।

    अधिकतम ८ घन्टा काममा लगाउन पाइने व्यवस्था विश्वका अधिकांश मुलुकका श्रम ऐनले गरेको छ । पशुपंक्षीलाई काममा लगाउँदासमेत समयसीमाको व्यवस्था नेपालमा पहिलोपटक ल्याइएको हो ।

    निर्देशिकाले बूढो भएको पशुलाई छाडा छोड्न नपाइने व्यवस्था गरेको छ । पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी उचित व्यवस्थापन, विकास, गुणस्तर कायम गर्न निर्देशिका जारी गरिएको मन्त्रालयले जनाएको छ ।

    पशुले काम गरिरहेका बेला मानिसले अक्सर पुच्छर बटार्ने, चोटपटक लाग्ने गरी कुटपिट गर्ने गरेको देख्न पाइन्छ । तर, निर्देशिकाले पुच्छर बटार्ने, भाँच्ने, अंगभंग गर्न नपाइने व्यवस्था गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र