• Breaking News

    5.28.2017

    रेणु र देवीको मतान्तर ३०० मात्र पुग्दा यस्तो बबण्डर ! मतगणना अनिश्चित कालका लागि रोकियो !


    भरतपुर - भरतपुरमा बबण्डर मच्चिएको छ । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातिदिएपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना  हुँदा अहिले मतगणना रोकिएको छ ।

    देबी ज्ञवाली र  रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।

    न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र