• Breaking News

    5.27.2017

    पुरुषले सुधार्नै पर्ने यी सात बानी



    एजेन्सी, १४ जेठ । पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् । चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।
    ह्युमन रिप्रोडक्सनमा प्रकाशित एक रिसर्च अनुसार अधिकांश पुरुषहरुलाई आफ्नो प्रजनन क्षमताको बारेमा केही पनि जानकारी हुँदैन् । बिग्रदो जीवनशैली र प्रदुषण पनि पुरुषको प्रजनन क्षमतामा कमी आउनुको मुख्य कारण हुन् ।
    टाइट कपडा पहिरिनु
    सधैं टाइट कपडा पहिरिनाले अण्डकोशको थैलीको तापक्रम बढ्छ जसको कारणले स्पर्म काउन्ट घट्न थाल्छ ।
    नियमित मदिरा सेवन गर्नु
    मदिरा, चुरोट र अन्य कुनै प्रकारको नशा लिनुले शरिरमा स्टे«स हार्मोनको लेभल बढ्छ यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।
    ल्यापटप काखमा राखेर काम गर्नु
    यदी नियमित ल्यापटप काखमा राखेर काम गर्नुहुन्छ भने यसको तातो अण्डकोशको थैलीसम्म पुग्छ । लामो समयसम्म यस्तो गर्नाले स्पर्म काउन्ट घट्छ ।
    पर्याप्त निन्द्रा नपुर्याउनु
    नियमित थोरै भन्दा थोरै सुत्नाले शरिरमा तनाव बढाउने वाला हार्मोनको लेभल बढाँउछ । यसले शरिरमा रक्त सञ्चार बिग्रिन्छ जसको कारणले स्पर्म काउन्ट कम हुँदै जान्छ ।
    धेरै कफि पिउनु
    म्यासाचुसेट्स जनरल हस्पिटलले गरेकोको रिसर्च अनुसार धेरै कफि पिउनु पनि पुरुषहरुको लागि हानिकारक छ किनभने यसमा भएको क्यफिनले स्टेर्स हार्मोन बढाँउछ जसले स्पर्म काउन्ट घटाँउछ ।
    सोयाबिन जन्य खानाहरु
    हार्वड स्कूल अफ पब्लिक हेल्थले गरेको एक रिसर्च अनुसार धेरै सोयाबिन जन्य खानाहरु खानुहँदैन । यसमा हुने
    आइसोफ्लेवोनले स्पर्मको सङ्ख्या घटाँउछ ।
    तनावमा रहनु
    लगातार तनावमा रहनुले शरिरमा हार्मोनल असन्तुलन हुन्छ र साथमा शरिरको रक्त सञ्चार बिग्रिन्छ । यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र