काठमाण्डु, ५ जेठ–चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ ।
मतगणनामा बसेका माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष रामचन्द्र अधिकारीले दिएको जानकारी अनुसार रेणु एक हजारभन्दा बढी मतले अगाडि आएकी हुन् ।
एमालेका देवी ज्ञवालीले अहिलेसम्म फराकिलो अन्तरसहित अग्रता लिँदै आएका थिए । भरतपुर ६ नम्बर वडाको मतगणना हुँदा रेणुले ज्ञवालीलाई पछि पारेकी हुन् ।
उक्त वडामा रेणुलाई ३ हजार र ज्ञवालीलाई जम्मा १४ सय मत आएको छ । यद्यपि निर्वाचन आयोगले आधिकारिक रुपमा मत परिणाम सार्वजनिक गर्न बाँकी छ ।
No comments:
Post a Comment