• Breaking News

    5.22.2017

    कमलादीमा भूत कराएको भन्दै त्यस क्षेत्रमा रहने मानिसमा त्रास



    काठमाडौं, ८ वैशाख । विश्वभर भूत हुने र नहुने दुवै पक्षधर भेटिन्छन् । भूत हुनेमा जति विश्वास गरिन्छ, त्यत्तिकै मात्रा अविश्वास पनि गरिन्छ । आधुनिक युगसँगै युवापुस्तामा भूत हुनेमा भने विश्वास गरिन्न ।

    तर, सोमबार काठमाडौैँको कमलादीमा भूत कराएको भन्दै त्यस क्षेत्रमा रहने मानिसमा त्रास फैलिएको देखियो । दुई वर्षअघि गएको शक्तिशाली भूकम्प पश्चात खाली रहेको एक पाँच तल्ले घरबाट महिला चिच्चाएको ठूलो स्वर आएपछि हेर्दा केही नदेखिएसँगै भूत रहेको आशंका गरिएको हो ।

    प्रहरीले समेत उक्त घरभित्र खोजबिन गर्दा कोही फेला परेन । ‘बचाउ बचाउ’ भन्दै कराएको महिलाको स्वर सुनिएसँगै जम्मा भएका मानिसहरु केही फेला नपरेपछि फर्कन थाले भने त्यस क्षेत्रका पसलहरु पनि बन्द गरियो । अहिले उक्त स्थान सामान्य अवस्थमा फर्केको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र