• Breaking News

    5.06.2017

    ३७ वर्षभित्रै ३८ सन्तान, पतिको यस्तो चाला

    वैशाख २४ 
    युगाण्डा । अफ्रिकी राष्ट्र युगाण्डाकी मारियम नातांबाजी जम्मा ३७ वर्षकी भईन बिहे गरेको २४ वर्ष भयो । यस बीचमा उनले ३८ जना सन्तान जन्माइन जुन सुन्दैमा अपत्यारिलो छ ।

    युगाण्डाको मुकानो क्षेत्रको कबिम्बिरी गाउँमाकी बासिन्दा उनलाई बच्चा पाउने मेसिन भन्ने गरिन्छ ।

    १२ वर्षको उमेरमा सन १९९३ मा ४० वर्षीय पुरुषसँग बिहे गरेकी मारियमले १९९४ मा १३ वर्षकै उमेरमा पहिलो पटक जुम्ल्याहा सन्तान जन्माएकी थिइन् । ३८ वटा बच्चा जन्माउने क्रममा उनले ६ पटक २ वटा, ४ पटक ३ वटा, ३ पटक ४ वटा बच्चा जन्माइन ।

    दुई पटक भने मारियमले एक–एक वटा मात्रै बच्चा जन्माइन् । उनले सबै बच्चा प्राकृतिक रुपमै जन्माएकी हुन् भने उनको स्वाथ्यमा पनि त्यस्तो कुनै खराबी देखिएको छैन् ।

    मारियम परिवार नियोजनका लागि डाक्टरसँग सल्लाह लिन पनि गएकी थिइन् । तर डाक्टरले उनलाई परिवार नियोजन गर्नबाट रोकिदिए ।

    उनको शरीरमा अत्याधिक मात्रामा डिम्ब उत्पादन हुने भएकाले उनलाई बच्चा जन्माउन रोकेमा उनको स्वाथ्यमा गम्भीर समस्या उत्पन्न हुनसक्ने भन्दै डाक्टरले परिवार नियोजन गर्न रोकिदिएको बताइएको छ ।

    आफ्ना बाबुको पनि अलग–अलग महिलाबाट जन्मिएको ४५ जना सन्तान रहेको मारियमले बताइन ।

    उनका सबैभन्दा जेठा छोरा चार्ल्स मुसीसी २३ वर्षका भए । मरियमले बताए अनुसार उनका पतिले उनको रेखदेख गर्दैनन् । बिहान सबेरै घरछोड्ने उनका पति राति अबेर मात्रै घर फर्कन्छन् ।

    बच्चाहरूको हेरचाहमा पनि कुनै सहयोग गर्दैनन् । उनका बच्चालाई आफ्नो बाबुको अनुहार पनि याद छैन् । उनका जेठा छोराले १३ वर्षको उमेरका पछिल्लो पटक बाबुको अनुहार देखेको बताउँछन् ।

    बच्चाहरूको आमा र बाबु दुवैको जिम्मेवारी मारियमले नै निभाउनु परेको छ । उनीसँग खेतीपातीका लागि कुनै जमिन छैन ।

    उनले विभिन्न काम गर्दै यति ठूलो पविारका लागि आर्थिक श्रोत जुटाइरहेकी छिन् । उनका सबै सन्ताहरू विद्यालय पनि जाने गरेका छन् ।

    आफ्ना सन्तानलाई डाक्टर, शिक्षक, वकिल बनाउने लक्ष रहेको मारियम सुनाउँछिन् । उनका जेठा दुई सन्तानले नर्सको अध्ययन पूरा गरी कामको खोजीमा लागेका छन् । उनका ठूला सन्तानहरुले पनि उनलाई काममा सहयोग गर्ने गर्छन् । – एजेन्सी

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र