• Breaking News

    5.14.2017

    मत हाल्न नपाएपछि करिश्माले पति विरुद्ध लेखिन्,‘तानाशाहीको हद भयो’

    आइतबार, बैशाख ३१,


    काठमाडाैं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका नेतृ एंव अभिनेत्री करिश्मा मानन्धरले आइतबार भएको पहिलो चरणको निर्वाचनमा काठमाडौंबाट स्थानीय तहको निर्वाचनमा भोट हाल्न नपाएपछि प्रति विरुद्ध आक्रोशित बनेकी छिन् ।

    पति विनोद मानन्धरलाई उनले तानाशाहको सज्ञा दिएकी छिन् । उनले लेखेकी छिन्, ‘यसै पनि विनोदजी असाध्यै राम्रो मान्छे भन्ने इमेज छ। तर, आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन। विनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहनाहरु हुन्छन्। तिम्रो एकल निर्णयले हुँदैन। सबै कुरामा तिमीनै मालिक बन तर केही कुरा सहन सकिँदैन।’

    करिश्माले आफ्नो मतदाता नामाबली काठमाडौंबाट नभएको र त्यो राजबिराजमा पतिले पुराइदिएको उल्लेख गरेकी छिन् । विनोदले लाजिम्पाटबाट भोटिङ कार्ड लिदा आफ्नो र छोरीको मात्र बनाएको तर आफ्नो नबनाइदिएको उनको भनाई छ ।

    भनेकी छिन् ‘हामी लाजिम्पाटमा बस्छौ। आफ्नो र छोरीको बसाई सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ। तर उहाँले मेरो पनि लिनुपर्छ भनेर जरुरी संझिनु भएन। मैले उहाँलाई यो बिषयमा सोधेँ, तर वास्ता गर्नु भएन। म आफै गएर ३ घन्टा लाइन बसेर रजिस्टर गरेँ। बसाई सराइको कागज थिएन, त्यसैले सप्तरीको लिस्टमा पुगेछ। न म राजबिराजको हो, न त म त्यहाँ कैले बसेके छु। कसरी गएर भोट दिनेरु अरु सबै कुरामा उ मेरो मालिक होला, तर मेरो नैसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन।’


    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र