• Breaking News

    5.17.2017

    आज प्रतिघण्टा ४० किलोमिटरको गतिमा हावाहुरी आउने चेतावन

    ३ जेठ, काठमाडौं ।

    आज बेलुकी कैलालीको धनगढीबाट पूर्वी तराइसम्म हावाहुरी लाग्ने भएको छ । बेलुकीपख कैलालीको धनगढीबाट शुरु हुने हावाहुरी पूर्वी तराईको मोरङ्ग सुनसरीसम्म पुग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मौसमविद् शान्ति कंडेलले प्रतिघन्टा ४० किलोमिटरको गतिमा हावाहुरी आउने भएकाले सतर्कता अप्नाउन आग्रह गरिन् । बेलुकीपख घर बाहिरका सामाग्री सुरक्षित गर्न र हावाहुरीले गर्दा क्षतिपुग्नेमा ध्यान दिन जरुरी रहेको मौसमविद् कंडेलको भनाई छ ।

    कैलालीबाट शुरु भएको हावाहुरी राती ९, १० बजे रुपन्देहीको भैरहवासम्म आउने र राती दुईतिन बजेसम्म पूर्वी नेपाल पुग्ने अनुमान गरिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र