• Breaking News

    5.05.2017

    हाइ अलर्टमा उत्तर कोरियाका सेना, दक्षिण कोरियामा कुनै पनि समय आक्रमण हुनसक्ने

    एजेन्सी, २२ वैशाख । उत्तर कोरियाका शासक किम जोङ उनले मिसाइल क्षेत्रको अवलोकन गरेका छन् । किम जाङ उनले दक्षिण कोरियामा आक्रमण गर्ने शंका बढीरहेको मिडिया रिपोर्टमा उल्लेख छ । 
    पछिल्ला एकमहिनादेखि कोरियाली पेनिनसुलामा तनाव चलिरहेको छ ।

    अमेरिका आफ्ना ८ हजार लडाकुहरु पनि तयारी अवस्थामा राखेको मिडिया रिपार्टमा सार्वजनिक भएको थियो ।

    त्यस्तै उत्तर कोरियाले धेरै पटक आणविक हतियारले आक्रमण गर्ने धम्की दिइनै रहेको छ ।

    सन् २०१० नोभेम्बरमा उत्तर कोरियाले दक्षिण कोरियामा १७० आर्टिलरी शेल्स हानेको थियो । उक्त आक्रमणमा परि ४ जना मारिएका थिए । सन् १९५०–५३ को युद्ध पश्चात यो उत्तर कोरियाको पहिलो आक्रमण थियो ।

    उत्तर कोरियाको सरकारी न्युज केसीएनएका अनुसार किमले मिलिट्री आक्रमणलाई निर्णायक बनाउन उक्त क्षेत्रको भ्रमण गरेका हुन् । दुश्मनहरुको हर्कतलाई बुझ्न र आवश्यक परे आक्रमण गर्न पछि नपर्न किमले आदेश दिएको मिडिया रिपार्टमा उल्लेख छ । किमले दुश्मनहरुको इलाकामा आक्रमण गर्ने योजनाबारे पनि बुझेको बताइएको छ ।

    तर, केसीएनएले किमले कहिले उक्त क्षेत्रको भ्रमण गरे त्यसबारे भने खुलाएको छैन ।

    केसीएनएले भनेको छ,‘हामीले हाम्रा सेनाहरुलाई हाइअलर्टमा रहन आदेश दिएका छौ । दुश्मनहरुले केही हर्कत गरेमा हामी करङ भाँचिदिनेछौ ।’
    via : nepalipatra.com

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र