काठमाडौं, ३ जेठ । कानूनमन्त्री अजय शंकर नायकले स्थानीय तहको निर्वाचनमा एमालेले मधेसी जनतालाई गाली गरेर धेरै मत ल्याएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नायकले भने, ‘एमालेले मधेसी जनतालाई गाली गरेर पहाडमा जितेको हो । धेरै मत पाएको हो ।’ उनले मधेसी जनता र पहाडी जनतामा विभाजन गरेर कहिल्यै पनि एमालेको राजनीति सुरक्षित नहुने चेतावनी दिए ।
उनले भने, ‘एमालेले साम्प्रदायिकताका कुरा गरेर नेपाली जनताहरूमा विभाजन ल्याएको छ । एमाले मुलुकको राष्ट्रिय समस्याहरू समाधान गर्न चाहँदैन ।’
मधेसी जनताको अधिकारका पक्षमा एमाले नरहेको दाबी गरेका मन्त्री नायकले भने, ‘अब संविधान संशोधन गरेर दोस्रो चरणको चुनावमा मधेसी मोर्चालाई सहभागी बनाउनु पर्छ ।’
No comments:
Post a Comment