• Breaking News

    4.05.2017

    श्रीमानलाई फिर्ता पाउनका लागि अपरिचित सँगै यौनसम्बन्ध स्थापित गर्दै महिला

    अतहर अहमद/बीबीसी

    चैत २४– सम्बन्धविच्छेद भइसकेका मुस्लिम महिलाहरुलाई इस्लामिक विवाह ‘हलाला’ को हिस्सा बन्नका लागि थुप्रै अनलाइन सेवाहरुले उनलाई हज्जारौं पाउण्डको मूल्य संकलित गरिरहेका छन् । यो कुराको खुलासा बीबीसीले आफ्नो अनुसन्धानमा पत्ता लगाएको हो ।

    यी मुस्लिम महिलाले हलालाको हिस्सा बन्नका लागि सबैभन्दा पहिले उनलाई पैसा दिएर अपरिचितसँग विवाह गर्नुपर्ने हुन्छ, उनीहरुसँग यौनसम्बन्ध स्थापित गर्नुपर्ने हुन्छ र त्यसपछि पुनः अपरिचितलाई सम्बन्धविच्छेद दिनुपर्ने हुन्छ ता कि उनीहरुले आफ्ना श्रीमानलाई फिर्ता पाउन सकून् ।

    फराह (परिवर्तिन नाम) जब २० वर्षकी थिइन् तब पारिवारिक साथीमार्फत उनको विवाह भयो । दुबैको बच्चा पनि भयो तर फराहका अनुसार पछि उनको प्रताडना सुरु हुनथाल्यो ।

    फराहले बीबीसीलाई भनिन्, ‘सुरुमा मेरा श्रीमान्ले पैसाका लागि ममाथि अपमानजनक व्यवहार गरे ।’

    उनले भनिन्, ‘उनले कपाल समातेर मलाई दुईवटा कोठामा घिसारे । उनी मलाई घरबाट बाहिर निकाल्ने कोसिस गरिरहेका थिए । उनले थुप्रै पटक ममाथि पागल जस्तो व्यवहार गरे ।’

    यति प्रताडन सहेपश्चात् पनि फराहलाई स्थिती परिवर्तन हुने आशा थियो । फराहका श्रीमानको व्यवहार एकाएक अत्यधिक परिवर्तन भयो । पछि उनका श्रीमानले उनलाई मोबाइलमा मेसेज पठाएर सम्बन्धविच्छेद गरे ।

    फराह भन्छिन्, ‘म घरमा आफ्ना बच्चाहरुसँग थिएँ र उनी काममा गएका थिए । एक चर्को बहसको क्रममा उनले मलाई एक मेसेज पठाए – सम्बन्धविच्छेद, सम्बन्धविच्छेद, सम्बन्धविच्छेद ।’

    मुस्लिम प्रचलन अनुसार ‘तीन तलाक’ भनेपछि इस्लामिक विवाह समाप्त हुने गर्दछ ।

    धेरैजसो मुस्लिम देशमा ‘तीन तलाक’ मा प्रतिबन्ध छ तर यति हुँदा हुँदै पनि यो प्रचलनमा रहेको छ ।

    यद्यपी, बेलायतमा यो थाहा पाउन मुस्किल छ कि कति महिला ‘तीन तलाक’ ले पीडित भइसकेका छन् ।

    फराहले भनिन्, ‘मेरो फोन मसँग थियो । मैले त्यो मेसेजलाई आफ्ना बुवालाई पठाएँ । उनले अब मेरो विवाह समाप्त भएको बताउनुभयो । अब म उनीसँग बस्न नसक्ने भनी बुवाले मलाई जानकारी दिनुभयो ।’

    फराहको भनाई अनुसार उनी निकै डराएकी थिइन् तर उनी आफ्ना पूर्व श्रीमानसँग फर्कन चाहन्थे ।

    फराहको भनाई अनुसार उनका श्रीमान् उनको जीवनका प्रेमी थिए । फराहको भनाई अनुसार उनका पूर्व श्रीमानलाई पनि यो सम्बन्धविच्छेदका लागि खेद थियो । आफ्ना पूर्व श्रीमानलाई पाउनका लागि फराह विवादित चलन हलालाको हिस्सा बन्न चाहन्थिन् ।

    ‘तीन तलाक’ बाट पीडित महिलाको सानो समूहले हलालालाई स्विकार गरिरहेका छन् ।

    जोखिमले भरिएको छ हलालाः

    मुस्लिमको एक सानो वर्गका अनुसार हलाला एकमात्र उपाय हो जसको सहारामा सम्बन्धविच्छेद जीवन समाप्त हुनसक्ने र विवाहलाई पुनः बहाल गर्न सकिन्छ । तर थुप्रै विषयमा जो महिला हलाला चाहन्छिन् उनका लागि यो जोखिमयुक्त छ ।

    आर्थिक रुपमा उनीहरुलाई ब्ल्याकमेल गरिन्छ र यहाँसम्म कि यौन प्रताडनाको पनि सामना गर्नुपर्ने हुनसक्छ । मुस्लिमको एक ठूलो समूह यो चलनको विरोधमा छन् । उनको भनाई अनुसार इस्लाममा सम्बन्धविच्छेदसँग जोडिएका नियमको व्यक्तिगत रुपमा गलत व्याख्या गरिँदै छ ।

    बीबीसीको खोजः

    तर बीबीसीको खोजीमार्फत थुप्रै अनलाईनमार्फत हलालाको सुविधा दिँदै आएको छ । केही महिलासँग त हज्जाज्जारौं पाउण्ड लिइँदै छ ।

    फेसबुकमा एक व्यक्तिले हलाला सर्भिसको विज्ञापन गरेका थिए । यी व्यक्तिले बीबीसी संवाददातालाई यसमा एक सम्बन्ध मुस्लिम महिलालाई २ हजार ५ सय पाउन्ड रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । यसका साथै विवाह पूरा गर्नका लागि उनीसँग यौनसम्बन्ध स्थापित गर्नुपर्ने हुन्छ र त्यसै दिन पुनः उनले सम्बन्धविच्छेद दिनुपर्ने हुन्छ ।

    ती व्यक्तिका अनुसार उनीसँगै अन्य थुप्रै मानिसहरु काम गरिरहेका छन्  ।

    के गरिन् फराहले ?

    फराह हलालामार्फत आफ्ना श्रीमानसँग जोडिन चाहन्थिन् । यसका लागि उनले मानिसहरुको खोजी गर्न सुरु गरे ।

    फराह भन्छिन्, ‘मलाई थाहा थियो कि जो महिला परिवारबाट बिछोडिएका थिए उनीहरुलाई फिर्ता पाउनका लागि यस्तो गरिन्छ । उनी मस्जिद गइन् । त्यहाँ एउटा विशेष कोठा हुन्छ जसलाई बन्द गरिन्छ । त्यहाँ हलालालाई निष्कर्षमा पुर्याइन्छ । यसका लागि त्यहाँ थुप्रै मानिसको उपस्थिती हुन्छ ।

    तर पूर्वी लण्डन इस्लामिक शरिया काउन्सिल सम्बन्धविच्छेद महिलाको विषयमा नियमित रुपमा काम गरिरहेका ेछ । काउन्सिलले हलाला विवाहको कडा निन्दा गरिरहेको छ ।

    फराहले अन्त्यमा तय गरिन् कि उनी आफ्ना पूर्व श्रीमानसँग जाँदिनन् न नै हलालाको बाटो अपनाउनेछिन् । यद्यपी, फराह चेतावनी दिन्छिन् कि उनको जस्तो स्थितीमा थुप्रै महिला छन् जो जे पनि गर्न तयार छन् ।

    उनी भन्छिन्, ‘तपाईं एक सम्बन्धविच्छेद महिलाको स्थिती बुझ्नसक्नुहुन्न । उक्त समस्या र एक्लोपनलाई बुझ्न सक्नुहुन्न । केहि महिलाले कस्तो अनुभव गर्छन् त्यो तपाईंले अन्दाज पनि लगाउन सक्नुहुन्न ।’

    फराह आफ्नो कुरालाई बिट मार्दै भन्छिन्, ‘आफ्नो निर्णय पछि म अब निकै राम्रो स्थितीमा छु र यस्तो गर्नु गलत हो भन्न सक्छु । अब म यो बाटोमा कहिले पनि लाग्ने छैन । म केही समय पहिले निकै अधैर्य थिएँ र कुनै पनि हालतमा मैले आफ्नो श्रीमानसँग बस्न पाउनुपर्छ भन्ने लागेको थियो तर अहिले स्थिती निकै विपरित छ ।’

    स्मरण रहोस्, यदि कुनै पनि श्रीमानले आफ्नी श्रीमतीलाई ‘तीन तलाक’ दिन्छन् भने अब श्रीमानले उनलाई दोस्रोपटक विवाह गर्न पाउँदैनन् । तर पुरुष र महिलाले कुनै अन्य व्यक्तिसँग भने विवाह गर्ने स्वतन्त्रता पाएका हुन्छन् ।

    मुस्लिम नियम अनुसार यदि महिलाले कुनै अन्य व्यक्तिसँग विवाह गरिन् र उनीहरुको पुनः सम्बन्धविच्छेद भयो वा श्रीमानको मृत्यु भयो भने अब महिला कुनै अन्य पुरुषसँग विवाह गर्न स्वतन्त्र छिन् । र महिला अब आफ्ना पहिलो श्रीमानसँग पनि विवाह गर्न सक्छिन् ।ratopati

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र